मालदहमा घना वर्षाको कारण जलजमाउ, निकासी व्यवस्थामाथि उठ्यो प्रश्न
मालदहमा घना वर्षाको कारण जलजमाउ, निकासी व्यवस्थामाथि उठ्यो प्रश्न


मालदह, 17 जुलाई (हि.स.)। लगातार परिरहेको पानीले मालदह शहरलाई जलमग्न बनाइदिएको छ। वर्षाको कारणले इंग्लिश बजार नगरपालिका अधिनस्थ धेरैवटा ठाउँमा गम्भीर जलजमाउको स्थिति सृजना भएको छ। यसबाट आम जनजीवन मात्र अस्त-व्यस्त नभएर नगरपालिकाको निकासी व्यवस्थाको पनि पोल खोलिएको छ।

वर्षाको कारणले शहरका केही भागहरूमा घुँड़ा-घुँड़ासम्म पानी जमिएको छ। मालदह मेडिकल कलेजका केही भागहरूमा पनि पानी जमिएको छ। आक्रोशित मानिसहरूले सोशल मीडियामा आ-आफ्नो क्षेत्रका तस्वीरहरू साझा गर्दै नगरनिगमको आलोचना गरिरहेका छन्।

यस मुद्दालाई लिएर विपक्षले सत्तारूढ़ तृणमूल कंग्रेस तथा नगरपालिका प्रशासनमाथि सोझै प्रहार गऱ्यो। भाजपा नेता अम्लान भादुड़ीले भने, “पछिल्लो केही वर्षभित्रमा नगरपालिकाले तीन करोड़ रुपियाँभन्दा अधिक खर्च गरे पनि त्यसको कुनै प्रभाव देखिएन। ड्रेनेज सिस्टमलाई लिएर गरिएका दाबीहरू सबै असफल भएका छन्। चेयरम्यान बहाना बनाउनमा दक्ष छन्। जनताको समस्याको निम्ति कृष्णेन्दु नारायण चौधरी पूर्ण रूपले जिम्मावार छन्। नगरवासीले आगामी विधानसभा चुनाउमा यस विफलताको जवाफ अवश्य दिनेछन्।”

यी आरोपहरूमाथि प्रतिक्रिया व्यक्त गर्दै नगरपालिकाका चेयरम्यान कृष्णेन्दु नारायण चौधरीले भने, “निरनतर घना वर्षा भइरहेकोले केही क्षेत्रहरूमा पानी जमिएको थियो, तर लगभग सबै क्षेत्रहरूबाट पानी निकालिएको थियो। हामीले 58 लाख रुपियाँको लागतमा ड्रेन बनाएका छौं जसको फाइदा पनि भइरहेको छ। नत्र स्थिति झन् खराब हुन्थ्यो। विपक्षले आलोचनाको लागि मात्र आलोचना गरिरहेको छ। हामीले राज्य सरकारबाट अतिरिक्त सहायताको माग गरिसकेका छौं।”

मौसम विभागीय अधिकारी तपन कुमार दासले जानकारी गराए, मंगलवार बिहान 8:30 बजेदेखि बुधवार साँझ 5:30 बजीसम्म मालदहमा 88 मिमी वर्षा दर्ता गरिएको छ। आगामी तीन दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भवना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande