कोलकाता, 17 जुलाई (हि.स.) कोलकाता पुलिसले बिहीवार भोर बिहान ठूलो कारबाही गर्दै करया थाना अधिनस्थ पर्ने एउटा अवैध कल सेन्टरको भण्डाफोर गरेको छ। यस सिलसिलामा दशजना मानिसहरूलाई पक्राउ गरिएको छ भने 6 वटा ल्यापटप, 18 वटा मोबाइल फोन, दुईवटा राउटर अनि केही महत्वपूर्ण दस्तावेजहरू जफ्त गरिएको छ।
पुलिस सूत्र अनुसार करया थाना अन्तर्गत 3बी, चामरू खानसामा लेनस्थित एक आवासीय भवनको चौथो तलामा अवैध कल सेन्टर संचालन भइरहेको गोप्य सूचनाको आधारमा पुलिसको गुप्तचर विभागले स्थानीय पुलिसको सहयोगमा बिहीवार भोर बिहान त्यहाँ छापा माऱ्यो। घटनास्थलबाट दशजना मानिसहरूलाई हिरासतमा लिइयो जसलाई पछि पक्राउ गरियो।
प्राथमिक जाँचमा थाहा लागे मुताविक पक्रा पर्ने आरोपीहरूले अवैध रूपमा कल सेन्टरलाई संचालन गर्दै आइरहेका थिए जसको कुनै वैध अनुमति थिएन। जफ्त गरिएका उपकरणहरू अनि दस्तावेजहरूको जाँच गरिँदैछ ताकि यो पत्तो लगाउन सकियोस् कि कल सेन्टरको उपयोग कुन प्रकारको गतिविधिहरूमा भइरहेको थियो। सबै आरोपीहरूलाई कोलकाता पुलिसको लाल बजारस्थित सेन्ट्रल लकअपमा राखिएको छ। मामिलाको अग्रिम जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा