सिलगढ़ी, 17 जुलाई (हि.स)। उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालबाट अमानवीय तस्वीर बिहीवार सामु आएको छ। बिहीवार बिहान मेडिकल कलेजको क्यान्सर विभाग सामु कोरिडोरमा बेवारिसे शव लड़िरहेको तो दृश्य देख्न पाइयो। यो खबर फैलिनसाथ अस्पतालका कर्मचारीहरूले हतार-हतार त्यहाँबाट शवलाई हटाए।
अस्पताल सूत्र अनुसार गए बुधवार राति उक्त रोगीलाई कोरिडरमा सुत्दै गरेको देखिएको थियो। सम्भवतः बिमारीको कारणले उसको मृत्यु भयो होला। बिहान एउटा कुकुरलाई उसको खुट्टाको एक भाग खाँदै गरेको देखियो। यस्तो आश्चर्चकित पार्ने घटना सामु आएपछि अस्पताल परिसरमा कोकोहोलो मच्चियो। त्यसपछि शवलाई हतार-हतार त्यहाँबाट हटाइयो।उत्तर बंगालका चिकित्सा अधीक्षक डा. सञ्जय मलिकले बताए, पुलिसलाई घटनाको सूचना दिइएको छ। चिकित्सा केन्द्रमा लगभग 150 वटा कुकुरहरू छन्। यी कुकुरहरूलाई यहाँबाट हटाउने सम्बन्धमा पहिला नै चर्चा भइसकेको छ। फेरि यस मामिलामा वार्ता गरिनेछ।
तथापि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा यस्ता घटनाहरू कुनै नौलो कुरा होइन। कैयौं पटक कुकुरहरूलाई मानव अंगलाई मुखमा च्यापेर घुम्दै गरेको देखिएको छ। तथापि चिकित्सा अधिकारीहरूलाई यस मामिलाको जानकारी हुँदाहुँदै पनि कुनै प्रभावकारी कदम उठाइरहेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा