महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रो आजदेखि मरमत्ति कार्य शुरु
Sivitar landslide


खरसाङ, 17 जुलाई (हि.स.)। महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोका कारण स्थानीयहरुलाई भइरहेको असुविधालाई ध्यानमा राखेर आजदेखि पैह्रो मरमत्तिको कार्य शुरु गरिएको छ। उक्त पैह्रो गत महिना 24 जूनको साँझ र 26 जूनको बिहान गएको थियो।‌ यो पैह्रो भएर गाडीहरु कुदाउन पनि धेरै असुविधा भइरहेको थियो भने ठूला गाडीहरु कुदाउन बन्द गरिएको थियो। साना गाडीहरू र स्कूटी-बाइकहरु पनि कुदाउन जोखिमपूर्ण थियो।

यस्तो अवस्थालाई ध्यानमा राखेर आजदेखि पैह्रो मरमत्तिको लागि कार्य शुरु गरिएको छ। उक्त पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरु पञ्चायत प्रधान, पञ्चायत समिति सदस्य, पञ्चायत सदस्य लगायत अन्यहरु मिलेर पहल गरिएको बताइएको छ। यो पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरुले जीटीए प्रमुख कार्यपाल अनित थापासित भेट गरेर विभागीय अधिकारीहरुको भ्रमण निरीक्षणपछि‌ आजदेखि काम थालिएको जनाइएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ खण्ड पञ्चायत समितिको सदस्य कुसाङ लामाले भने, हामी स्थानीय जनसाधारणको असुविधालाई ध्यानमा राखेर पैह्रो गएको दिनदेखि मरमत्तिको लागि पहल गरिरहेका थियौं। जीटीए प्रमुख अनित थापाको सहयोगमा यो पैह्रो मरमत्तिको कार्य आजदेखि शुरु गरिएको उनले जानकारी गराएका छन्। उनले यो पैह्रोलाई लिएर सामाजिक सञ्जालमा विभिन्न नकारात्मक कुराहरुलाई जनतालाई ध्यान नदिन भन्दै जनप्रतिनिधिहरु जनताको लागि सदेव काम गर्न तत्पर रहेको बताएका छन्।‌

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande