मानसिक रूपमा विक्षिप्त महिला कुवामा झरिन्
मानसिक रूपमा विक्षिप्त महिला कुवामा झरिन्


सिलगढ़ी, 17 जुलाई (हि.स.)। मानसिक रूपमा विक्षिप्त एकजना महिला बिहीवार कुवामा झरिन्। घटना सिलगढ़ी नगरनिगमको वार्ड नम्बर-33 स्थित लेकटाउन क्षेत्रमा भएको हो। घटनाको सूचना पाएर घटनास्थलमा पुगेका दमकल विभागीय कर्मचारीहरू बचाउ कार्यमा डटिरहेका छन्।

पारिवारिक सूत्र अनुसार महिलाको नाम अल्पना कुण्डु (48) हो जो लामो समयदेखिकै मानसिक रूपमा बिमार छन्। उसको मानसिक अस्पतालमा उपचार पनि भइरहेको छ।

प्राप्त जानकारी मुताविक बिहीवार अपरान्ह उ अचानक कुवामा झरिन्। मामिलाको जानकारी पाएपछि परिवारका सदस्यहरूले सिलगढ़ी दमकल विभाग अनि एनजेपी थानाको पुलिसलाई सूचित गरे। त्यसपछि दमकल विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर बचाउ कार्य शुरू गरेका छन्। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande