कल्याणी एक्सप्रेसवेमा द्रूत गतिका वाहनहरू विरूद्ध पुलिसको अभियान
कल्याणी एक्सप्रेसवेमा द्रूत गतिका वाहनहरू विरूद्ध पुलिसको अभियान


ब्यारकपुर ,17 जुलाई (हि.स.)। ब्यारकपुर पुलिस कमिश्नरेटले सड़क सुरक्षालाई महत्व दिँदै कल्याणी एक्सप्रेसवेमा द्रूत गतिका वाहनहरूविरूद्ध कड़ा अभियान शुरू गरेको छ।अब यस महत्वपूर्ण मार्गमा प्रशासनद्वारा तय गति सीमाभन्दा अधिक गतिमा वाहन हाँक्नेहरूमाथि सोझै कानूनी कारबाही गरिँदैछ।

यो एक्सप्रेसवे कमिश्नरेट अन्तर्गत पर्ने पाँच ट्राफिक गार्डको निगरानीमा छ जसलाई अत्याधुनिक स्पीड लेडर गन उपलब्ध गराइएको छ। यी उपकरणको सहयोगले वाहनहरूको गतिमाथि ध्यानपूर्वक निगरानी राखिँदैछ र नियम उल्लंघन गर्नेहरूमाथि तत्काल कारबाही गरिँदैछ।

पुलिस अनुसार कमिश्नरेट क्षेत्रमा हुने सड़क दुर्घटनाहरूमध्ये अधिकांश दुर्घटना यसै एक्सप्रेसवेमा भइरहेका छन्। त्यसैले यस मार्गलाई विशेष निगरानीमा राखिएको छ ताकि दुर्घटनाहरूको संख्यालाई न्यून गर्न सकियोस्।

कमिश्नरेटले आम मानिसहरूसित अपील गरेको छ, उनीहरूले ट्राफिक नियमहरूको पालन गरून्, तय गतिमा वाहन चलाउन् तथा आफ्नो र अन्य को सुरक्षा सुनिश्चित गरुन्। पुलिसको यो कड़ा कदम आगामी दिनमा पनि जारी रहनेछ। नियम उल्लंघन गर्नेहरूप्रति कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande