हावड़ाको शिवपुरमा तृणमूल कंग्रेसको होर्डिंग च्यातिएकोमा राजनीतिक संग्राम
हावड़ाको शिवपुरमा तृणमूल कंग्रेसको होर्डिंग च्यातिएकोमा राजनीतिक संग्राम


हुगली, 17 जुलाई (हि.स.)। एकातिर आगामी 21 जुलाईको दिन कोलकाताको धर्मतलामा हुन गइरहेको तृणमूल कंग्रेसको वार्षिक शहीद दिवस ऱ्यालीको तयारी द्रूत गतिमा भइरहेको छ भने अर्कोतिर हावड़ाको शिवपुर क्षेत्रमा मुख्यमन्त्री ममता ब्यनर्जीको तस्वीर भएको होर्डिंग्सलाई च्यातिदिएको घटनालाई लिएर राजनीतिक विवाद शुरू भएको छ।

तृणमूल कंग्रेसले यस घटनालाई पार्टीलाई बदनाम गर्ने षड़यन्त्र बताउँदै भाजपा र सीपीएममाथि सोझो आरोप लगाएको छ। तथापि भाजपाले यस आरोपलाई शिराबाटा खारेज गर्दै तृणमूलको आन्तरिक गुटबाजीलाई यसको निम्ति जिम्मेवार ठहराएको छ।

स्थानीय सूत्र अनुसार शिवपुर थाना अन्तर्गत फर्शोर रोड र जगत ब्यनर्जी रोडको किनारमा झुण्डाइएको होर्डिंग्सलाई अज्ञात असामाजिक तत्वहरूले गए बुधवार अबेर राती ब्लेडले काटेर च्यातिदिए। बिहीवार बिहान यो मामिला सामु आउँदा तृणमूल कंग्रेसका नेताहरूले शिवपुरी थानामा लिखित सिकायत दर्ता गरी वरपरका सीसीटीभी फुटेजको जाँच गर्ने माग गरे।

घटनाको निन्दा गर्दै राज्यका खाद्य प्रसंस्करण मन्त्री तथा हावड़ा जिल्ला तृणमूल कंग्रेसका चेयरम्यान अरूप रायले भने, “यह एक सुनियोजित षड़यन्त्र हो। भाजपा र सीपीएमले मिलेर यस्तो कृत्य गरिरहेको छ। पछिल्लो वर्ष 2021-को चुनाउमा सीपीएमको भोट भाजपाको पक्षमा खसेको थियो। अब फेरि उनीहरूले मिलेर षड़यन्त्र रचिरहेका छन्। पुलिस जाँचमा सबै कुरा स्पष्ट हुनेछ।” उनले विपक्षीहरूमाथि कटाक्ष गर्दै यहाँसम्म भने, “यिनीहरू जनावर हुन्, यिनीहरूमा मानवताको भावना नै छैन।”

विशेष कुरा के हो भने च्यातिएको होर्डिंग्समा अधिकांश पूर्व मन्त्री राजीव ब्यनर्जीका तस्वीरहरू थिए जबकि अरूप रायको नाम भएको ब्यानर सुरक्षित छ। यसबाट राजनीतिक गल्लीहरूमा चर्चा चुलिएको छ, यो तृणमूल कंग्रेसभित्रै भइरहेको गुटबाजीको परिणाम त होइन?

तथापि अरूप रायले यस आरोपलाई पूर्ण रूपले अस्वीकार गर्दै भने, “पार्टीमा कुनै प्रकारको गुटबाजी छैन। यो काम कसले गऱ्यो, पुलिसको जाँचबाट स्पष्ट हुनेछ।”

स्मरण गराइन्छ, राजीव ब्यानर्जी एक समयमा तृणमूल छोड़ेर भाजपामा गएका थिए, तर पछि फेरि तृणमूलमै फर्किए भने हाल उनी जिल्ला परिषदका मेन्टर छन्।

भाजपाका राज्य सचिव उमेश रायले प्रत्याक्रमण गर्दै भने, “विपक्षले तृणमूलको होर्डिंग किन च्यात्छ? यो उनीहरूको आफ्नो गुटबाजीको परिणाम हो। एक गुटले अर्को गुटको होर्डिंग च्यातिदिएको छ। तृणमूलको हरेक स्तरमा झगड़ा भइरहेको छ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande