राहुल गान्धीले आलोचनाको माध्यमबाट मेरो राजनीतिक प्रतिष्ठा बढ़ाइदिएः मुख्यमन्त्री हिमन्त बिस्व सरमा
राहुल गान्धीले आलोचनाको माध्यमबाट मेरो राजनीतिक प्रतिष्ठा बढ़ाइदिएः मुख्यमन्त्री हिमन्त बिस्व सरमा


गुवाहाटी, 17 जुलाई (हि.स.)। कंग्रेसका सांसद एवं लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धी असममा मेरो आलोचना गर्न मात्र आएका थिए। उनले आफ्ना सबै सभाहरूमा बारम्बार मेरो नाम उच्चारण गरे। यो मन्तव्य मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडिया फेस बुकमा एउटा पोस्ट साझा गरी व्यक्त गरेका हुन्।

मुख्यमन्त्रीले भनेका छन्, म भन्न चाहन्छु कि म उनीप्रति आभारी छु, किनभने उनले मेरो राजनीतिक प्रतिष्ठालाई त्यो स्तरसम्म पुऱ्याइदिएका छन् जहाँ सायद म कंग्रेस पार्टीमा बसेको भए कहिल्यै पनि पुग्न सक्दैनथ्यो। यो अत्यन्त सन्तोषको दिन हो। यदि राहुल गान्धीले मेरो आलोचना गर्ने फसेला गरेका छन् भने यसबाट स्पष्ट रूपमा झल्किन्छ कि मैले असमका मानिसहरूको लागि अवश्य पनि केही राम्रो गरिरहेको छु।

उल्लेखनीय छ, असमको एक दिवसीय दौड़ाह अन्तर्गत कंग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड़गे र राहुल गान्धी गए बुधवार गुवाहाटी आइपुगेका थिए। राहुल गान्धीले पार्टीका पदाधिकारीहरूसित बन्द कोठाभित्र बैठक गर्नको साथै छयगाउँमा कार्यकर्ताहरूको विराट ऱ्यालीलाई सम्बोधन गरे। यस अवधि उनले आगामी राज्य विधानसभा चुनाउलाई मध्यनजर गर्दै पार्टीमा नयाँ प्राण भरिदिने चेष्टा गरे भने अर्कोतिर मुख्यमन्त्रीको व्यापक आलोचना पनि गरे।

आगामी चुनाउलाई केन्द्र गर्दै कंग्रेस अनि भाजपामाझ मौखिक द्वन्द्व शुरू भएको छ। विशेष गरी प्रदेश कंग्रेसका नयाँ अध्यक्ष गौरव गोगोईले राज्य सरकारका नीतिहरूको कड़ा आलोचना गरिरहेका छन्। साथै राज्य सरकारद्वारा अवैध रूपमा सरकारी भूमिमा बसेका मानिसहरूविरूद्ध संचालित उच्छेद अभियानलाई लिएर गौरव गोगोईले सरकारमाथि निरन्तर प्रहार गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande