कामरूप (असम), 17 जुलाई (हि.स.)। रंगियास्थित सशस्त्र सीमा बल (एसएसबी) परिसरमा आयोजित तीन दिवसीय टेनिस टुर्नामेन्टको आज दोस्रो दिन बेजोड़ खेलहरूको आयोजन भयो। ज्ञात रहोस्, टुर्नामेन्टको शुभारम्भ गए 16 जुलाईदेखि भएको थियो।
टुर्नामेन्ट आरम्भ भएको अवसरमा एसएसबी रंगिया क्षेत्र मुख्यालयका उप-महानिरीक्षक राजीव राणा, गुवाहाटीस्थित सीमान्त मुख्यालयका उप- महानिरीक्षक एचबीके सिंह, बंगाई गाउँ क्षेत्र मुख्यालयका उप-निरीक्षक अमित कुमार ठाकुर लगायत गुवाहाटी एसएसबी सीमान्त मुख्यालय अन्तर्गत एकाईहरूबाट अन्य नौजना अधिकारीहरूले पनि भाग लिए।
एसएसबीको 24औं बटालियनका कमाण्डेन्ट एचके गुप्ताद्वारा आगन्तुक सबै प्रतिभागीहरूलाई उत्साहपूर्वक स्वागत गर्दै सबैलाई शुभकामना दिए।
यस अवधि उप-महानिरीक्षक राजीव राणाद्वारा सबै प्रतिभागीहरूलाई खेल उपहार भेंट गरी सबैलाई खेलको भावना बोकेर खेल्नको लागि प्रेरित गरे।उनले सबैलाई सम्बोधन गर्दै भने, खेलले हामीलाई स्वास्थ्य राख्नको साथै मानसिक, शारीरिकसँगसँगै हाम्रो सामाजिक विकासको माध्यम पनि हो।
यो टुर्नामेन्ट 16-देखि 18 जुलाईसम्म एसएसबीको 24औं बटालियन परिसरमा खेलिनेछ। चयनित प्रतिभागीहरूलाई अन्तर सीमान्त लन टेनिस प्रतियोगिता-2025-26 मा भाग लिनका लागि 25औं बटालियन एसएसबी, नयाँ दिल्लीमा पठाइनेछ जसले यस टुर्नामेन्टको अघिल्लो चरणको लागि सीमान्त मुख्यालय एसएसबी, गुवाहाटीलाई प्रतिनिधित्व गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा