कोलकाता, 17 जुलाई (हि.स.)। भाजपाका वरिष्ठ नेता औ पूर्व सांसद दिलीप घोषले पश्चिम बंगालमा आगामी विधानसभा चुनाउपूर्व मतदाता सूचीको व्यापक जाँच गर्ने माग गरेका छन्। बिहीवार बिहान पत्रकारहरूसित बातचित गर्दै उनले भने, हरेक राज्यमा भोटर लिस्टको फिल्टरिंग प्रक्रिया हुनुपर्छ र बंगालमा पनि यो प्रक्रिया चाँड़ै अप्नाइनुपर्छ।
दिलीप घोषले दाबी गरे, पश्चिम बंगालको मतदाता सूचीमा दश प्रतिशतभन्दा अधिक नाम नक्कली छ जसमध्ये कतिपय मानिसहरू बंगलादेशबाट आएको हुसक्ने आशंका पनि छ। उनले भने, यी नक्कली नामहरूलाई हटाउन आवश्यक छ, नत्र स्वतन्त्र अनि निष्पक्ष चुनाउ सम्भव हुनेछैन। उनले सुझाउ दिए, हरेक असली मतदातालाई मतदान गर्ने न्यायसंगत अवसर दिनको लागि मोबाइल आधारित मतदान प्रणाली लागू हुनुपर्छ ताकि शान्तिपूर्ण र पारदर्शी चुनाउ सुनिश्चित हुन सकोस्।
बिहारमा चुनाउ आयोगद्वारा संचालित मतदाता सूची संशोधन अभियानको उल्लेख गर्दै उनले भने, बंगालमा पनि यस्तै प्रकारको प्रक्रिया अप्नाउनुपर्छ।
मुख्यमन्त्री ममता ब्यानर्जीमाथि प्रहार गर्दै उनले भने, ममता ब्यानर्जी अगाड़ि बढ़्ने अवसर मात्र चाहन्छन्। लगभग 40 लाख बंगाली श्रमिकहरूले राज्य बाहिर अन्य राज्यहरूमा प्रवासी श्रमुक र होटलहरूमा काम गरिरहेका छन्, तर उनीहरूको भलाईको लागि कसैले सोच्दैन।
राज्यको कानून-व्यवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्दै भनले भने, हरेक दिन बंगालमा हत्या-हिंसा भइरहेको छ। महिलाहरू सामूहिक बलात्कारको शिकार भइरहेका छन्। ठूला संस्थानहरूलाई पनि यसको चिन्ता छैन। उनीहरूलाई चुनाउ र भोट मात्र चाहिन्छ। उनीहरू बंगलादेशी अनुप्रवेशकारीहरूबाट भोट हत्याउन मात्र चाहन्छन्, यो नै उनीहरूको उदेश्य हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा