सर्पले डसेर महिलाको मृत्यु
सर्पले डसेर महिलाको मृत्यु


दरंग (असम), 17 जुलाई (हि.स.)। दरंग जिल्लाको खारुपेटिया क्षेत्रमा सर्पले डसेर एकजना महिलाको मृत्यु भएको मामिला सामु आएको छ।

पुलिसले बिहीवार बतायो, खरूपेटियाको सेसावारी क्षेत्रमा सर्पले डसेर परविन बेगम नामक 27 वर्षीय महिलालाई उपचारको निम्ति मंगलदै सिभिल अस्पतालमा लगिएको थियो जहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

घटना घट्दा महिला नुहाइरहेकी थिइन्। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। यस घटनाको कारणले गाउँमा शोक छाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande