यमुना सफाईको लागि मैला-कुचैलाको थुप्रोलाई हटाउने कार्य जारी छः रेखा गुप्ता
यमुना सफाईको लागि मैला-कुचैलाको थुप्रोलाई हटाउने कार्य जारी छः रेखा गुप्ता


नयाँ दिल्ली, 17 जुलाई (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार भनिन्, दिल्लीमा भर्खरै कामहरू शुरू भएका छन् र विकासका धेरै कार्य गर्नुछ। यमुनालाई सफा गर्नपूर्व यहाँ थुप्रिएको मैला-कुचैलाको पहाड़लाई हटाउने काम भइरहेको छ। यो मन्तव्य मुख्यमन्त्रीले घोंडा विधानसभामा स्थापित टोल चौताराको लोकार्पण कार्यक्रममा व्यक्त गरेकी हुन्।

यस अवसरमा मन्त्री कपिल मिश्रा, सांसद मनोज तिवारी, विधायक अजय महावर, जिल्लाध्यक्ष यूके चौधरी लगायत पार्टी कार्यकर्ताहरू उपस्थित थिए।

मुख्यमन्त्रीले समारोहलाई सम्बोधन गर्दै भनिन्, राजधानीमा बुनियादी सुविधा तथा पर्यावरणलाई स्वच्छ बनाउने दिशामा लगातार काम भइरहेको छ। दिल्लीमा विकासको एउटै पनि काम छोड़िनेछैन। उनले भनिन्, दिल्लीमा नयाँ स्कूल अनि अस्पतालहरू खोलाउने दिशामा सरकारले काम गरिरहेको छ। दिल्ली सरकारले 24 घण्टा सातै दिनकाम गरिरहेको छ।

मुख्यमन्त्रीले भनिन्, काँवड़ यात्रालाई लिएर दिल्लीमा उत्सवको माहोल छ। दिल्ली सरकारका मन्त्री, विधायक एवं अधिकारीहरूले काँवड़ शिविरहरूमा व्यवस्थाहरूको निरीक्षण गरिरहेका छन्। काँवड़ शिविरहरूलाई लिएर सबै प्रकारको तयारी समयमै पूरा गरिएको छ। उनले भनिन्, काँवड़ शिविर समितिहरूलाई आधा रुपियाँ भुक्तान गरिसकिएको छ र आवश्यक्ता अनुरूप उनीहरूलाई सहयोग गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande