अहमदाबाद विमान दुर्घटनाको जाँचमा नयाँ खुलासा, क्याप्टनले नै दुवै इन्जिनको स्विच बन्द गरे
अहमदाबाद


वाशिङ्गटन, 17 जुलाई (हि.स.)। गत महिना भारतको अहमदाबादमा भएको एयर इण्डियाको विमान दुर्घटनाको जाँचमा नयाँ खुलासा भएको छ। यस खुलासाले जाँचको केन्द्रमा ककपिटमा बसेको वरिष्ठ पायलट आएका छन्। अमेरिकी अधिकारीहरूले दुर्घटनाको जाँचमा अहिलेसम्म अघि आएको साक्ष्यहरू र यस खुलासासित परिचित मानिसहरूको आधारमा भने, विमानका दुई पायलटहरूबीच कुराकानीको ब्ल्याक-बक्स रेकर्डिङबाट संकेत पाइएको छ कि क्याप्टनले नै विमानका दुवै इन्जिनहरूमा ईन्धनको प्रवाहलाई नियन्त्रित गर्ने स्विच बन्द गरेका थिए।

द वाल स्ट्रीट जर्नल समाचारपत्रको यस 'विशेष खबर' को आधारमा विश्वभरिका संचार माध्यमहरूले यो खुलासा प्रसारित र प्रकाशित गरेका छन्। गत महिना 12 जूनमा अहमदाबादमा टेकअफको 32 सेकेन्डभित्र दुर्घटनाको शिकार भएको एय़र इण्डियाको फ्लाइट एआई-171 को जाँचमा भएको यस खुलासाले नयाँ प्रश्न खड़ा गरेको छ। यस दुर्घटनामा 260 जना मारिएका थिए।

विशेष खबर अनुसार, ब्ल्याक-बक्स रेकर्डिङबाट थाहा लागेको छ कि बोइङ उड़ाइरहेका फर्स्ट अफिसरले 787 ड्रीमलाइनरको नयाँ ट्याब खोले र आफूभन्दा अधिक अनुभवी दोस्रो क्याप्टनलाई सोध्यो कि रन-वे बाट उर्लिएपछि उनले स्विचलाई कटअफ स्थितिमा किन राखे ? द वाल स्ट्रीट जर्नलको दाबी छ कि भारतको नागरिक उड्डयन महानिदेशालय, बोइङ र एयर इण्डियाले अहिलेसम्म यस रिपोर्टमा कुनै प्रतिक्रिया दिएको छैन।

यसमा सामेल दुई पायलट क्याप्टन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइव कुन्दर थिए। यिनीहरूसित क्रमशः 15,638 घण्टा र 3,403 घण्टाको उड़ान अनुभव थियो। विशेष खबरमा भनिएको छ, भारतको विमान दुर्घटना जाँच ब्यूरोको पछिल्लो हप्ता जारी प्रारम्भिक रिपोर्टमा दुर्घटना भएको केही समय अगाड़ी ककपिटमा भ्रमको स्थिति देखाइएको थियो र महत्वपूर्ण इन्जिन ईन्धन कटअफ स्विचको स्थितिमाथि नयाँ प्रश्न खड़ा गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande