जम्मू, 17 जुलाई (हि.स.)। गत दुई दिनदेखि लगातार भारी पानी परेको कारण पहलगाम र बालटाल दुवै आधार शिविरहरूबाट अमरनाथ यात्रा आज अर्थात् बिहिवार स्थगित गरिएको छ। यो रोक यस्तो समयमा लगाइएको छ जब अधिकारी भारी वर्षाले प्रभावित तीर्थयात्रीहरूको मार्ग तत्काल मरम्मति कार्य गराउनमा जुटेका छन्।
जम्मू-कश्मीर जनसम्पर्क विभागको तर्फबाट जारी एक बयानमा भनिएको छ, गत दुई दिनदेखि लगातार भारी पानी परेको कारण दुवै मार्गमा मरम्मति कार्य गर्नु जरूरी भएको छ। सीमा सड़क संगठनले 18 जुलाईमा दुवै आधार शिविरहरूदेखि यात्रा शुरू हुन अगाड़ी काम पूरा गर्नका लागि आफ्नो कर्मीहरू र मशीनहरूको तैनाती गरेको छ। यस वर्ष पहिलो पल्ट जम्मूबाट तीर्थयात्रा एक दिनको निम्ति रोकिएको छ।
सम्भागीय आयुक्त कश्मीर विजय कुमार बिधूड़ीले पनि यात्रा स्थगित भएको पुष्टि गर्दै भने, मौसमको स्थितिको आधारमा तीर्थयात्रा 18 जुलाईमा फेरि शुरू हुने सम्भावना छ। गत केही दिनदेखि लगातार पानी परिरहेको कारण दुवै मार्गमा तत्काल मरम्मति र रखरखाव कार्य गरिनु आवश्यक भएको छ, यसैले आज दुवै आधार शिविरहरूबाट पवित्र गुफातिर कुनै प्रकारको पनि आवाजाहीको अनुमति नदिइने निर्णय लिइएको हो। यद्यपि, हिजो राति पंजतरणी शिविरमा रोकिएका यात्रीहरूलाई बीआरओ र पर्वतीय बचाउ दलहरूको प्रर्याप्त तैनाती अन्तर्गत बालटाल जाने अनुमति दिइँदैछ। दिनमा मौसमको स्थितिको आधारमा यात्रा भोली फेरि शुरू हुने पूरा सम्भावना छ।
03 जुलाईमा तीर्थयात्रा शुरू भएदेखि अहिलेसम्म 2.35 लाखभन्दा अधिक तीर्थयात्रीले बाबा बर्फानीको दर्शन गरिसकेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी