कोलकाता, 17 जुलाई (हि.स.)। भाजपाका वरिष्ठ नेता राहुल सिन्हाले बिहीवार एउटा ठूलो बयान दिँदै भने, बंगलादेशबाट भित्रिएका मुस्लिम अनुप्रवेशकारीहरू अब देशभरि नै फेलिसकेका छन्। उनले केन्द्र सरकारद्वारा संचालित पहिचान एवं बंगलादेशीहरूको पहिचान अभियान बारे अवगत गराउँदै भने, यी अनुप्रवेशकारीहरूलाई देशबाट निकाल्ने प्रक्रिया द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ।
राहुल सिन्हाले भने, यी अनुप्रवेशकारीहरूलाई केही राजनीतिक दलहरूले भोट ब्यांकको रूपमा प्रयोग गरिरहेका छन्। यिनीहरूको नाम मतदाता सूचीमा गलत ढंजमा जोड़िएको थियो, तर अब यिनीहरूलाई मतदाता सूचीबाट हटाइँदैछ। एक करोड़भन्दा अधिक यस्ता नामहरूको पहिचान गरिसकिएको छ।
उनले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीलाई लक्षित गर्दै भने, यिनीहरूमध्ये धेरैजना अनुप्रवेशकारीहरू ममता ब्यनर्जीका मुख्य मतदाताहरू रहेका छन् र यही नै उनको लागि भविष्यमा हारको कारण बन्नसक्छ।
जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलालाई लिएर राहुल सिन्हाले भने, केन्द्र सरकार र सुरक्षा एजेन्सीहरूले इमानदारी पूर्वक काम गरिरहेका छन्। हामी विश्वास गर्छौं, हमलाकारीहरूको पहिचान गरिसकिएको छ जसमाथि कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा