हुगली, 17 जुलाई (हि.स.)। पश्चिम बंगालको हुगली जिल्ला अधिनस्थ चुचुड़ा नगरपालिकाको 27 नम्बर वार्डस्थित दासपाड़ा क्षेत्रमा बिहीवार बिहान डस्टबिनबाट एउटा प्लास्टिकमा बेरिएको मानव कंकाल भेटिनाले कोकोहोलो मच्चियो।
स्थानीय सूत्र अनुसार नगरपालिकाका सफाईकर्मीले सदा जस्तै आज बिहान पनि डस्टबिन सफा गरिरहेका थिए, अचानक उनको नजर कालो रंगको प्लास्टिकको थैलामाथि पऱ्यो। प्लास्टिकभित्र मानव खोपड़ी र कंकालका अन्य अवशेषहरू देखियो। तुरून्त यसको सूचना पुलिसलाई दिइयो। सूचना पाउनसाथ चुचुड़ा थानाको पुलिसले घटनास्थलमा पुगेर कंकाललाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ।
पुलिसले वरपरका स्थानीय मानिसहरूसित जाँचबुझ गऱ्यो, तर कसैले पनि क्षेत्रमा हाल कसैको मृत्यु भएको जानकारी दिएनन्। त्यसैले अब पुलिसले यो जाँच गरिरहेको छ, कंकाललाई बाहिरबाट ल्याएर फालिएको त होइन। पुलिसले ममिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा