कोलकाता, 17 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार पश्चिम बर्दवान जिल्लाको औद्योगिक नगर दुर्गापुरमा महत्वपूर्ण राजनीतिक ऱ्यालीलाई सम्बोधन गर्नेछन्। यो ऱ्यालीलाई आगामी राज्य विधानसभा चुनाउलाई मध्यनजर गर्दै महत्वपूर्ण मात्र मानिएको छैन जबकि यस आयोजनको समय अनि स्थानलाई लिएर पनि गहन रणनीतिक सोंच झल्किरहेको छ।
यो ऱ्याली आगामी 21 जुलाईको दिन कोलकातामा आयोजना भइरहेको तृणमूल कंग्रेसको वार्षिक 'शहीद दिवस' ऱ्याली हुन तीन दिनपूर्व तथा मुख्यमन्त्री ममता ब्यनर्जीद्वारा गए 16 जुलाईमा आयोजित विरोध मार्चको दुई दिनपछि भइरहेको छ। राजनीतिक विश्लेषकहरूको मान्यता छ, यी दुई कार्यक्रमबीच प्रधानमन्त्रीको ऱ्यालीको आयोजना हुनु प्रतीकात्मक रूपमा अत्यन्त महत्वपूर्ण छ।अब यो हेर्नु चाखलाग्दो हुनेछ कि प्रधानमन्त्रीले आफ्नो भाषणमा राज्य सरकारमाथि कुन प्रकारको राजनीतिक प्रहार गर्ने हुन् र भाजपाशासित राज्यहरूमा बंगाली भाषी मानिसहरूमाथि उत्पीड़न भइरहेको तृणमूलद्वारा लगाइएको आरोपको कुन ढंगमा जवाफ दिने हुन्।
चुनावी अभियानको दिशा तय गर्नेछ यो ऱ्यालीले-राज्य भाजपाको रणनीतिक दृष्टिकोणले पनि यो ऱ्यालीलाई धेरै महत्वपूर्ण मानिँदैछ। प्रधानमन्त्री मोदीको सम्बोधनबाट यो संकेत पाउने आशा छ, आगामी विधानसभा चुनाउमा पार्टी 'कट्टर हिन्दुत्व'-को मार्गमा अग्रसर हुने हो वा 'समावेशी सामाजिक-आर्थिक विकास'-लाई प्राथमिकता दिने हो। यसको साथै तृणमूल कंग्रेसको त्यस आलोचनामाथि पनि प्रधानमन्त्रीको टिप्पणीको प्रतीक्षा छ जसमा उनले राज्यमा राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी) लागू गर्ने आशंकालाई लिएर निर्वाचन आयोगको विशेष समीक्षा प्रक्रियामाथि प्रश्न उठाएकी छन्।
दुर्गापुरलाई चुनिएको रणनीतिक तथा व्यवहारिक कारणहरू-दुर्गापुरलाई ऱ्याली स्थलको रूपमा चयन गर्नुको पछाड़ि केही महत्वपूर्ण कारणहरू रहेको बताइँदैछ। भाजपाका एकजना राज्य समिति सदस्य अनुसार यस क्षेत्रले बर्दवान-दुर्गापुर र आसनसोल जस्ता दुई प्रमुख लोकसभा क्षेत्रहरूलाई कभर गर्दछ।वर्ष 2019-मा दुवै सीटमा भाजपा उम्मेद्वारको जीत भएको थियो भने वर्ष 2024-मा सामान्य अन्तरमा भाजपाको हार भयो। यी क्षेत्रहरूमा हिन्दी भाषी हिन्दू मतदाताहरूको संख्या धेरै छ जसलाई पार्टीले आफ्नो पक्षमा संगठित गर्न चाहन्छ।
साथै दुर्गापुरको भौगोलिक स्थिति र काजी नजरुल इस्लाम एयरपोर्ट (अंडाल)-देखि नजिक रहेकोले प्रधानमन्त्रीको कार्यक्रमको दृष्टिकोणले यसलाई व्यवहारिक रूपले आदर्श बनाउँछ। तय कार्यक्रम अऩुसार प्रधानमन्त्री मोदी अपरान्ह 2:35 बजे अंडाल एयरपोर्टमा उत्रिनेछन् र 3 बजे ऱ्याली स्थलमा पुग्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा