नयाँ दिल्ली, 17 जुलाई (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले बिहिवार एक स्थानीय ब्याङ्कको प्रमोटरहरूको तर्फबाट 15,000 भन्दा धेरै जमाकर्ताको साथ 100 करोड़ रूपियाँको जमा घोटालाको क्रममा छापा मारेको छ। यो छापामारी मनी लन्ड्रिङ जाँच अन्तर्गत बेङ्गलुरू र उसका वरपरका 15 भन्दा धेरै ठेगानाहरूमा गरिएको छ।
आधिकारिक सूत्रहरूले बतायो, ईडीले सुश्रुति सौहार्द ब्याङ्क, श्रुति सौहार्द ब्याङ्क र श्री लक्ष्मी सौहार्द ब्याङ्कसित जोड़िएको 100 करोड़ रूपियाँको कथित जमा घोटालाको क्रममा धन शोधन निवारण अधिनियम, 2002 (पीएमएलए) अन्तर्गत छापा मारेको छ। यी छोपा ब्याङ्कका प्रवर्तकहरू, एन. श्रीनिवास मूर्ति र उनका परिवारका सदस्यहरूको ठेगानामा मारिएको छ, जसमाथि जमा राशिमा उच्च ब्याज दरहरूको प्रलोभन दिएर 15,000 भन्दा अधिक जमाकर्ताहरूको साथ धोकाधड़ी गरेको आरोप छ।
ईडी अनुसार, जमा राशि सुरक्षित भएपछि धनलाई प्रवर्तकहरूका निकटम सहयोगीहरूलाई असुरक्षित ऋणहरूको माध्यमले हस्तान्तरित गरियो। यसपछि फेरि यस धनको शोधन गरी सम्पत्तिहरू खरीद गर्नमा प्रयोग गरियो, जुन धन शोधन निवारण अधिनियम (पीएमएलए) को स्पष्ट उल्लङ्घन हो।
केन्द्रिय जाँच एजेन्सीले प्रमोटरहरूसित जोड़िएका 20 भन्दा धेरै सम्पत्तिहरूको पत्तो लगाएको छ। यसमध्ये अधिकतर एनपीए बने। यस मामिलामा अपराधबाट प्राप्त आय (पीओसी) 100 करोड़ रूपियाँभन्दा अधिक छ। भविष्यमा यसलाई धन शोधन विरोधी कानून अन्तर्गत जफत गर्नसकिन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी