चण्डीगढ़, 17 जुलाई (हि.स.)। कस्टम विभागले अमृतसर स्थित अन्तरराष्ट्रिय हवाई अड्डामा ठूलो कारबाहीलाई परिणाम दिँदै दुई यात्रीहरूबाट 968.47 ग्राम सुन जफत गरेको छ। जफत गरिएको सुनको बजार मूल्य 96 लाख 75 हजार बताइएको छ।
कस्टम अधिकारीहरू अनुसार, दुवै यात्री इण्डिगोको फ्लाइटमा कोलकातादेखि अमृतसर पुगेका थिए। एयरपोर्टमा उनीहरूलाई सन्देहको आधारमा रोकेर गहन जाँच गरियो। दुवैले सुन अत्यन्त चनाखो तरीकाले लुकाएर राखेका थिए। अधिकारीहरूले जब सुन जफत गरे, तब यात्रीहरूले यसको श्रोतबारे कुनै स्पष्ट जानकारी दिन सकेनन्। कस्टम विभागले मामिला दर्ता गरी सुन जफत गरेको छ र दुवै यात्रीसित गहन सोधपुछ शुरू गरेको छ। अधिकारीहरूलाई आशंका छ कि यो एक संगठित तस्करी ऱ्याकेटको हिस्सा हुनसक्छ, जसले घरेलू रूटको प्रयोग गरी तस्करीलाई परिणाम दिइरहेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी