ग्वालपाड़ा, 17 जुलाई (हि.स.)। असमको ग्वालपाड़ा जिल्लान्तर्गत कृष्णाई स्थित पैकन आरक्षित वनमा अवैध कब्जाकर्ताहरूको भीड़ले बिहिवार पुलिस र वन रक्षकहरूमाथि हमला गऱ्यो। यसबाट पुलिस र उनीहरूबीच संघर्ष भयो, जसलाई नियन्त्रित गर्न पुलिसलाई हवाई गोलीबारी गर्नुपऱ्यो। यसमा एक व्यक्तिको मृत्यु भयो जबकि धेरै पुलिसकर्मी घाइते भए। प्रशासन र पुलिस अधिकारीहरूले यसको पुष्टि गरेका छन्।
आज प्रशासन र सुरक्षाकर्मी कृष्णाई स्थित पैकन आरक्षित वनमा सरकारी भूमिबाट अवैध कब्जा हटाउन पुगेको थियो। यसलाई लिएर अवैध कब्जाकर्ताहरूले प्रशासन र पुलिस टीमको विरोध गरे औं उनीहरूमाथि हमला गरे। पुलिसलाई उग्र भीड़लाई तितर-बितर गर्न हल्का बलको प्रयोग गऱ्यो तर स्थितिलाई नियन्त्रित गर्न नसक्दा पुलिस कर्मीहरूलाई हवाई गोलीबारी गर्नुपऱ्यो। पुलिस र उपद्रवीहरूबीच भएको झड़पमा शकूर हुसैन नाम गरेको व्यक्तिको मृत्यु भयो र धेरै अवैध कब्जाकर्ता र पुलिस कर्मी घाइते भए। यसमा कुतुबुद्दीन शेख नाम गरेको एक व्यक्तिको स्थिति गम्भीर बताइएको छ।
प्रशासन र पुलिसको कारबाहीले रुष्ट उग्र अवैध कब्जाकर्ता पुरूष र महिलाहरूले फ्याँकेका ढुंगा र लौरोको हमलामा धेरै पुलिसकर्मीहरू र वन रक्षक घाइते भएका छन्। यस अवसरमा भारी संख्यामा पुलिस कर्मी तैनाथ छन्। त्यहाँको स्थिति उत्तेजक छ तर नियन्त्रणमा बताइएको छ।
उल्लेख्य, राज्य सरकारद्वारा पूरा राज्यमा अवैध रूपमा सरकारी जमीनमा गरिएको कब्जालाई हटाउन व्यापक अभियान चलाइँदैछ। हालमा तल्लो असमको धुबड़ी जिल्लामा पनि हजारौं बीघा जमीनलाई प्रशासनले खाली गराएको थियो। जसपछि ग्वालपाड़ा कृष्णाई क्षेत्रमा अवैध कब्जा हटाउन प्रशासनद्वारा अगावै नोटिस जारी गरिएको थियो। यसपछि पनि यिनीहरूले आफ्नो अवैध कब्जा हटाएनन्।
हिन्दुस्थान समाचार / भवानी थामी