मणिपुरको सेनापतिमा 24 लाखको नशालु औषधि सहित तस्कर पक्राउ
मणिपुरको सेनापतिमा 24 लाखको नशालु औषधि सहित तस्कर पक्राउ


इम्फाल, 17 जुलाई (हि.स.)। सुरक्षा बलहरूले बिहीवार मणिपुरको सेनापतिबाट लगभग 24 लाख रुपियाँको संदिग्ध डब्ल्यूवाई नामक नशालु गोलीको ठूलो खेप सहित एकजना ड्रग्स तस्करलाई पक्राउ गरे।

सूत्रले बतायो, आरोपीको पहिचान इम्फाल पूर्वी जिल्लाको याइरिपोक तुलिहाल अवांग लेइकाई निवासी मकाकमयुम फिरदोस शरिफ (26)- को रूपमा भएको छ जसलाई सेनापति जिल्लाको टी. खुल्लेन नाका चेक पोइन्टमा रोकेर जाँच गर्दा उसको कब्जाबाट संदिग्ध डब्ल्यूूवाई नामक नशालु गोलीहरू भेटियो। त्यसपछि नशालु गोलीहरूसितै आरोपीलाई पक्राउ गरियो। यो पक्राउ क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरूद्वारा नियमित वाहन निरीक्षण अवधि गरिएको हो।

अधिकारीहरूले बताए, तस्करको कब्जाबाट 50 वटा प्याकेटमा प्याक गरिएको 29,974 संदिग्ध डब्ल्यूवाई गोली जसको अनुमानित बजार मूल्य 24 लाख रुपियाँ रहेको बताइन्छ, एउटा हुणअडई आई 20 कार, त्यसको चाबी र पञ्जीकरण प्रमआणपत्र, एउटा एप्पलको फोन, एउटा आधार कार्ड र मतदाता पहिचान पत्र पनि जफ्त गरिएको छ।

जफ्त गरिएको प्रतिबन्धित सामग्री तथा अन्य वस्तुहरूलाई अग्रिम जाँचको लागि पुलिसले कब्जामा लिएको छ। आरोपीसित अहिले पनि जाँचबुझ भइरहेको छ। अधिकारीहरूले सन्देह व्यक्त गरेका छन्, आरोपी यस क्षेत्रमा संचालित एक विशाल ड्रग्स वितरण नेटवर्कमा सामेल छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande