शैक्षणिक संस्थानहरूलाई भयभित पार्ने बयानको लागि केजरीवालले माफी माग्नुपर्छः भाजपा
शैक्षणिक संस्थानहरूलाई भयभित पार्ने बयानको लागि केजरीवालले माफी माग्नुपर्छः भाजपा


नयाँ दिल्ली, 17 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले बिहीवार शैक्षणिक संस्थानहरूलाई प्राप्त धम्कीको मामिलामा आम आदमी पार्टी (आआपा)- का संयोजक अरविन्द केजरीवालले दिएका बयानको आलोचना गरे। उनले भने, शैक्षणिक संस्थानहरूलाई भयभित तुल्याउने बयानका लागि अरविन्द केजरीवालले माफी माग्नुपर्छ।

वीरेन्द्र सचदेवाले आज एक बयान मार्फत भने, कुनै पनि शैक्षणिक संस्थानलाई प्राप्त धम्कीलाई दिल्ली पुलिसले गम्भीर रूपमा लिँदै आइरहेको छ। तुरून्तै सुरक्षा जाँच सहित साइबर जाँच गरेर धम्की दिनेहरूलाई सार्वजनिक गरिरहेको छ।

उनले बताए, दिल्ली पुलिसको जाँचमा थाहा पाइएको छ कि स्कूलबाट छुट्टी लिन इच्छुक स्कूलकै एकजना छात्रले नक्कली धम्की दिएर स्कूललाई पठाउने कुकृत्य गरेको हो।

सचदेवाले भने, अरविन्द केजरीवालले यस्तो संवेदशील मुद्दालाई राजनीतिक स्वार्थको निम्ति प्रयोग गरिरहेका छन् र बयानबाजी गरेर दिल्लीका विद्यार्थी एवं अभिभावकहरूमा तनाउ उत्पन्न गराउने चेष्टा गरिरहेका छन्।

भाजपा प्रदेश अध्यक्षले भने, जनवरी,2025-मा आआपले स्कूलहरूलाई प्राप्त धम्कीको राजनीतिक दुरूपयोग गर्ने प्रयास गरेको थियो जसमा एकजना 12 वर्षीय छात्रलाई दोषी पाइएको थियो। उनले भने, ती छात्रका पिताको तार आआपकी नेता आतिशी मार्लेनाका माता-पिताको एनजीओसित जोड़िएको पाइएको थियो।

सचदेवाले भने, आज विद्यार्थीहरू साइबर प्रयोगमा धेरै सक्रिय छन् र सोशल मीडियामा पनि, स्कूलको पाठ्यक्रममा पनि विद्यार्थीहरूले ई-मेल प्रयोग गरिरहेका छन्। यस्तो अवस्थामा कम उमेरमै ई-मेल आदि प्रयोग गर्ने छुट हुन्छ। एक कमजोर क्षणमा कुनै विद्यार्थीले त्यस छुटको दुरूपयोग गर्ने गर्दछ। यसपालि पनि सायद त्यस्तै मामिला सामु आएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande