खरसाङ नगरपालिकाका कर्मचारीहरुको‌ लागि स्वास्थ्य जाँच शिविरको आयोजना
खरसाङ नगरपालिकाका कर्मचारीहरुको‌ लागि स्वास्थ्य जाँच शिविरको आयोजना


खरसाङ, 17 जुलाई (हि.स.)। खरसाङ नगरपालिकाको स्वास्थ्य विभागमार्फत प्रतिवर्ष झैं यस वर्ष पनि खरसाङ नगरपालिकामा कार्यरत् सम्पूर्ण कर्मचारीहरू लगायत स्वच्छ एवं स्वास्थ्य विभाग अन्तर्गत सफाईकर्मीहरु कर्म बन्धु, निर्मल साथी र एसडब्ल्युएम प्रोजेक्टमा कार्यरत् कर्मचारीहरूको स्वास्थ्य जाँच गरिएको छ। आज खरसाङ नगरपालिकाका डा. एस शिकारी, डा. एस बानिक, पीएचएन पब्लिक हेल्थकी नर्स नानुका गुरूङ लामा साथै स्वास्थ्य विभाग हेल्थ वर्करहरूको उपस्थितिमा स्वस्थ्य जाँच शिविर सम्पन्न गरियो।

आज सम्पन्न स्वास्थ्य जाँच शिविरमा जम्मा 87 जनाले स्वास्थ्य जाँच गराएको‌ जानकारी प्राप्त भएको छ। यस अवसरमा आफ्नो स्वास्थ्य जॉंच गराउन कतिपय वार्डका नगरवासीहरू पनि उपस्थित रहेका थिए।

यस स्वास्थ्य जाँच शिविर विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ नगरपालिकाका सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बाले प्रत्येक वर्ष झैं यस वर्ष पनि खरसाङ नगरपालिकाका कर्म बन्धु, निर्मल बन्धु, निर्मल साथी लगायत सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य जाँच गराउन स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको बताए। उनले यस शिविरमा विभागीय डाक्टरहरू र नर्सहरुले सहयोग गरेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande