खरसाङ, 17 जुलाई (हि.स.)। खरसाङका मानिसहरू बाँदरको समस्याले दिक्क बनेका छन्। यो समस्या वर्तमानमा खरसाङका सबै मानिसहरूले भोगिरहेका छन्। यो समस्या समाधानको निम्ति खरसाङका विभिन्न संघ-संगठन, व्यक्ति-व्यक्तित्वले आवाज पनि उठाइरहेका छन्। खरसाङमा बाँदर अनि जंगली जनावरको समस्या समाधानको निम्ति एक गैर सरकारी संगठन आवाजले अघिबाटै आवाज उठाउॅंदै आइरहेको छ।
यो गैरसरकारी संस्थाले खरसाङमा बाँदर अनि जंगली जनावरहरूका कारण उत्पन्न भइरहेका समस्याहरूको समाधानको माग गर्दै बुधवार खरसाङ डिभिजन वन विभागको कार्यालयमा एडीएफओलाई एउटा ज्ञापन बुझाएको छ।
यस विषय जानकारी गराउँदै संस्थाका अध्यक्ष लोकनारायण प्रधानले भने, खरसाङ बजार अनि विभिन्न वार्डहरूका प्रायः सबै क्षेत्रमा बाँदर वा जंगली जनावरहरूको आतंक वृद्धि भइरहेको छ। यसमध्ये कतिपय स्थानमा बाँदरको आतंक चरममा पुगेको छ। साधरण मानिसहरू बाटोमा हिँड्नसम्म समस्यामा भइरहेको छ भने विद्यार्थीहरू स्कूल जान-आउन एकदमै गाह्रो भइरहेको गुनासोहरू प्राप्त भइरहेको छ।
उनले यस्तै गुनासोहरूलाई मध्यनजर राखेर आवाज गैरसरकारी संस्थाले खरसाङको वन विभाग कार्यालयमा गएर बाँदरको आतंकलाई केही हदसम्म न्यून गर्न अथवा समाधान गर्ने विषयमा एउटा ज्ञापन पत्र वन विभागका एडीएफओलाई सुम्पिएको बताएका छन्। विगतका दिनहरूमा पनि आवाज एनजीओले बाँदरको समस्यलाई लिएर सरसाङ नगरपालिका साथै वन विभागको समन्वयमा कतिपय कार्यहरू गरिसकेको छ। हालमा खरसाङमा बाँदरको आतंक तथा समस्यले सीमा नाघिसकेको छ। यसर्थ यस विषयमा वन विभागको ध्यानाकर्षण गराउन उक्त ज्ञापन चढ़ाइएको उनले बताए।
उनले खरसाङवासीलाई बाँदरलाई माया गरेर खाने कुरा जतासुकै नराखिदिन पनि निवेदन गरेका छन्। जहाँ खान पाउँछ त्यही बॉदरको झुण्ड धेरै हुने गर्दछ र खाना पाउँने ठाउँबाट बाँदर अन्यत्र जाँदैन। खाना नपाएको दिन बाँदरहरू आक्रोषित भएर मानिसएहरूमाथि आक्रमक बन्ने गर्छ, जसको कारण दुर्घटनाहरू घट्ने गर्दछ। यसैले बाँदरलाई खाना दिने, बाँदरको निम्ति सजिलै खाना उपलब्ध गराउने अध्यक्ष लोकनारायण प्रधानले नगरवासीलाई निवेदन गरेका छन्।
वन विभागलाई ज्ञापन पत्र बुझाउने टोलीमा संस्थाका सल्लाहकार उत्तम कुमार प्रधान, शकुन लामा, शान्ति राई, भक्त बहादुर मुखिया अनि अध्यक्ष लोक नारायण प्रधान सामेल रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक