मुम्बई, 17 जुलाई (हि.स.)। नासिक जिल्लाको डिन्डोरीमा वनी-नासिक रोडमा हिजो राति एक कार र बाइकबीच भिड़न्तमा सात जनाको ज्यान गयो र दुई जना घाइते भए। मृतकहरूमा तीन महिला, तीन पुरूष र एक नानी सामेल छन्। यस घटनामा घाइते दुई जनाको उपचार नासिकको सरकारी अस्पतालमा भइरहेको छ। यस घटनाको छानबीन डिन्डोरी पुलिस स्टेशनको टीमले गरिरहेको छ।
पुलिस अनुसार, बुधवार नासिकको डिन्डोरी निवासी सात जना आफ्नो छोराको जन्मदिन मनाउन कारमा नासिक शहर गएका थिए। अबेर राति छोराको जन्मदिन मनाएर घर फर्किने क्रममा उनीहरूको कार अगाड़ीबाट आइऱहेको एउटा बाइकसित ठोकियो। कार पल्टेर गहिरो नालीमा झऱ्यो। यसबाट कारमै निसासेर त्यसमा सवार सात जनाको मृत्यु भयो। यसको जानकारी पाउनसाथ डिन्डोरी पुलिस घटनास्थलमा पुग्यो र आज बिहान कारलाई नालीबाट निकालेर सबै शवलाई बाहिर निकाल्यो र पोस्टमार्टमको निम्ति पठाएको छ।
यस घटनामा मृतकहरूको पहिचान देवीदास पण्डित गंगुर्डे (28), मनीषा देवीदास गंगुर्डे (23), उत्तम एकनाथ जाधव (42), अलका उत्तम जाधव (38), दत्तात्रेय नामदेव वाघमारे (45), अनुसया दत्तात्रेय वाघमारे (40) र भावेश देवीदास गंगुर्डे (02) को रुपमा गरिएको छ जबकि यस घटनामा घाइते मोटरसाइकिल सवार युवक मंगेश यशवंत कुरघाडे (25) र अजय जगन्नाथ गोंड (18) लाई तत्काल नासिकको सरकारी अस्पतालमा भर्ती गराइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी