राजारहाटमा मुख्यमन्त्री ममता ब्यनर्जीले गरिन् हाउसिग प्रोजेक्टको उद्घाटन
राजारहाटमा मुख्यमन्त्री ममता ब्यनर्जीले गरिन् हाउसिग प्रोजेक्टको उद्घाटन


कोलकाता, 17 जुलाई (हि.स)। मुख्यमन्त्री ममता ब्यनर्जीले बिहीवार न्यून टाउन, राजारहाटमा कम आयु वर्गका मानिसहरूका लागि दुईवटा अत्याधुनिक बहुतले आवास परिसरको उद्घाटन गरिन्।यी परियोजनाहरूको नाम हो ‘निजन्न’ र ‘सुजन्न’ जसलाई विशेष गरी आर्थिक रूपमा कमजोर मानिसहरूको लागि बनाइएको हो।

मुख्यमन्त्रीले बताइन्, राज्य सरकारले यी परियोजनाहरूका लागि सात एकड़ जमीन निःशुल्क आवन्टन गरेको छ भने निर्माणमा 290 करोड़ रुपियाँ खर्च गरेको छ। दुवै आवास परिसरमा 1210 फ्ल्याट बनाइएको छ जसलाई बजार मूल्यभन्दा धेरै कम मूल्यमा मानिसहरूलाई दिइनेछ। यी फ्ल्याट्सलाई लटरीको माध्यमबाट दिइनेछ ताकि पारदर्शिता कायम रहोस्।

यस अवसरमा ममता ब्यनर्जीले केन्द्र सरकारको आलोचना गर्दै भनिन्, केन्द्रको असहयोगात्मक व्यवहारको कारणले केही महत्वपूर्ण योजनाहरू समयमा पूरा हुन सकिरहेको छैन। उनले केन्द्रमाथि बुनियादी आवश्यकताहरूमा पनि बिचौलीहरूले जस्तै व्यवहार गरेको आरोप लगाइन्। यसको साथै ममता ब्यनर्जीले भनिन्, राज्य सरकारले बंगालमा अहिलेसम्ममा 45 लाखभन्दा अधिक आवासहरू बंगला आवास योजना अन्तर्गत बनाइसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande