मुण्डा बासघारीमा क्रामाकपाको सभा अनि नयाँ कमिटी गठन
मुण्डा बासघारीमा क्रामाकपाको सभा अनि नयाँ कमिटी गठन


सोनादा, 17 जुलाई (हि.स.)। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) को मुण्डा बासघारीमा एक सभा पार्टीका वरिष्ठ सदस्य एनबी प्रधानको सभापतित्वमा सम्पन्न भयो। यस सभामा क्रामाकपा केन्द्रिय महासचिव नर्बु लामा, दार्जिलिङ आञ्चलिक समिति सभापति कृष्णबीर राई, सचिव उद्धव खनाल, सोनादा जोनल सभापति अकबर चामलिङ, अनर सुब्बा आदि उपस्थित रहेका थिए।‌

आजको सभामा क्रामाकपा मुण्डा बाँसघारी शाखाको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरियो। देउकुमार छेत्री, मधुकर प्रधान, सुनिल राई, बिरेन सुब्बा, नविन चामलिङ, मणि सिन्हा, बिरसिका राई, मञ्जिता राई, सुरैया देवान, रमेश छेत्री, दिनेश छेत्री, महात्मा चामलिङ, हेम राई, अकबर चामलिङ साथै अनर सुब्बालाई लिएर जम्मा 17 जनाको एक पूर्णाङ्क कमिटीको गठन गरियो भने सचिव देवकुमार छेत्री, सहसचिव मधुकर प्रधान, कोषाध्यक्ष सुनिल राई रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै क्रामाकपा महासचिव नर्बु लामाले नवगठित समितिलाई अभिन्दनसहित हार्दिक बधाई साथै शुभकामना जनाउँदै यस समितिले सधैँ अनुशासित साथै लगनशिल भ‌एर पार्टीले लिएका कार्यक्रमहरूमा अंश ग्रहण गर्नेछ भन्ने आशा व्यक्त गरे। उनले अन्य शाखाहरुमा पनि नयाँ कमिटी गठन गरिने सबैलाई जानकारी गराउँदै क्रामाकपा दार्जिलिङ आञ्चलिक समितिले आगमि 27 जुलाई शहीद दिवसको कार्यक्रममा सबैलाई उपस्थित भइदिन अपील गरे।

कार्यक्रमलाई नविन चामलिङ र कृष्णवीर राईले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande