राष्ट्रिय पैह्रो पूर्वानुमान केन्द्रको पहिलो वर्षगाँठ कोलकातामा मनाइने
राष्ट्रिय पैह्रो पूर्वानुमान केन्द्रको पहिलो वर्षगाँठ कोलकातामा मनाइने


कोलकाता, 17 जुलाई (हि.स)। भारतीय भूवैज्ञानिक सर्वेक्षण केन्द्रले शुक्रवार सल्टलेकस्थित राष्ट्रिय पैह्रो पूर्वानुमान केन्द्रको पहिलो वर्षगाँठ मनाइरहेको छ। यस अवसरमा जीएसआईका महानिदेशक असित साहा, पश्चिम बंगाल राज्य आपदा प्रबन्धन प्राधिकरण (डब्ल्यूबीएसडीएमए)- की विशेष सचिव प्रियंका सिंगला, विभिन्न सहयोगी संस्थाहरू तथा जीएसआईका वरिष्ठ अधिकारीहरू उपस्थित रहनेछन्। यस आयोजनको जानकारी भारत सरकारको प्रेस सूचना ब्यूरो (पीआईबी)-ले दिएको हो।।

एक वर्षभित्रमा दुईवटा ठूलो उपलब्धि-पीआईबी अनुसार बितेको एक वर्षभित्रमा जीएसआईले पैह्रोको पूर्व चेताउनी सिस्टमलाई अझ बढ़ी उन्नत बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यस सिस्टम अन्तर्गत आठवटा पैह्रो प्रभावित राज्यहरूका 21 वटा जिल्लाहरू (18 वटा परीक्षणको रूपमा र 3 वटा पहिलाबाटै क्रियाशील)-मा पूर्वानुमान बुलेटिन जारी गर्ने प्रक्रिया शुरू गरिएको छ। यी स्थानहरूमा विश्वस्तरीय आपदा पूर्वानुमान तथा प्रबन्धन तकनिकलाई लागू गरिनेछ।

यस विशेष उपलब्धिको लागि एक कार्यशाला पनि आयोजना गरिएको छ जसमा राज्यसरकार, राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण, भारत मौसम विभाग,भारतीय अनुसनअधान संगठनको राष्ट्रिय सुदूर संवेदन केन्द्र, भारतीय प्रौद्योगिकी संस्थान, विश्वविद्यालय एवं अन्य केन्द्रिय एजेन्सीहरूका विशेषज्ञहरू सामेल रहेछन्। कार्यशालामा भविष्यका रणनीति, तकनिकी अनुसन्धान तथा पैह्रोबाट बचाउ र जोखिमलाई घटाउनेमाथि चर्चा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande