बेङ्गलुरू, 17 जुलाई (हि.स.)। रोयल चेलेञ्जर्स बेङ्गलोर (आरसीबी) को आईपीएल विजय सेलिब्रेशनमा एम चिन्नास्वामी स्टेडियम नजिक भएको भगदड़लाई लिएर सरकारको प्रारम्भिक जाँच रिपोर्ट अघि आएको छ, जसमा यस घटनाको निम्ति आयोजकहरूको लापरवाही, अग्रिम योजनाको कमी र भीड़ प्रबन्धनको विफलता मुख्य कारक मानिएको छ। रिपोर्टमा आयोजकहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाइएको छ। 04 जूनमा बेङ्गलुरूमा आरसीबीको आईपीएल विक्ट्री सेलिब्रेशनमा भगदड़मा 11 जनाको मृत्यु भएको थियो र 50 भन्दा अधिक मानिस घाइते भएका थिए।
सरकारको प्रारम्भिक जाँच रिपोर्टमा भनिएको छ, आपात स्थितिमा मेडिकल सुविधा प्रदान गर्नु आयोजकहरूको मुख्य जिम्मेवारी थियो तर उनीहरूले आवश्यक सावधानी कदम उठाएनन्। आपात स्थितिको सामना गर्न प्राथमिक चिकित्सा प्रबन्धहरूमा भारी कमी पाइयो। कार्यक्रमको निम्ति अग्रिम अनुमतिको पनि उचित प्रक्रिया अपनाइएन, जसबाट प्रशासनले जरूरी तयारीहरूको जानकारीसम्म पाएन। सरकारको तफर्बाट दाबी गरिएको छ कि राज्य सरकारले सतर्कताको रूपमा दुई मेडिकल टीम र एम्बुलेन्स साथै दमकल वाहन तैनाथ गरेको थियो। तरैपनि आयोजकहरूले भारी भीड़ र सम्भावित आपात स्थितिलाई लिएर घोर लापरवाही देखाए।
रिपोर्ट अनुसार, पुलिससित अपेक्षित भीड़को अनुमान लगाउन र तयारी गर्नका लागि पर्याप्त समय थिएन। परिणामस्वरूप, अपेक्षाभन्दा अधिक मानिसहरू जमा भए। प्रारम्भिक रूपमा ट्राफिक नियन्त्रणको निम्ति 654 पुलिसकर्मी तैनाथ गरिएका थिए। घटनापछि 20 केएसआरपी टुक्रीहरू सहित कूल 440 अतिरिक्त पुलिसकर्मीहरूलाई भीड़ नियन्त्रण गर्नका लागि तैनाथ गरियो। 6 डीसीपी सहित 600 भन्दा धेरै पुलिसकर्मीहरूलाई विधान सौध र स्टेडियम मार्गहरूमा तैनाथ गरिएको थियो।
रिपोर्ट सार्वजनिक गर्ने उच्च न्यायालयको निर्देश
राज्य सरकारले न्यायिक जाँच र जिल्ला मजिस्ट्रेटको जाँच पूरा हुञ्जेलसम्म रिपोर्टलाई गोपनीय राख्ने माग गरेको थियो। तर कार्यवाहक मुख्य न्यायाधीश वी कामेश्वरको अध्यक्षता रहेको खण्डीपठले यो रिपोर्ट मामिलाका सबै पक्षकारहरूलाई सार्वजनिक गर्ने आदेश दियो। जसपछि यो प्रारम्भिक जाँच रिपोर्ट सार्वजनिक गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी