सीबीआईको कार्यशैलीदेखि असन्तुष्ट छन् आरजी करपीड़िताका माता-पिता, छोरीको न्यायको लागि सहयोग पाइरहेका छैनन्
सीबीआईको कार्यशैलीदेखि असन्तुष्ट छन् आरजी करपीड़िताका माता-पिता, छोरीको न्यायको लागि सहयोग पाइरहेका छैनन्


कोलकाता, 17 जुलाई (हि.स.)। राज्य संचालित आर. जी. कर मेडिकल कलेज एवं अस्पतालमा एकजना जूनियर महिला डाक्टरसित भएको बलात्कार एवं हत्याको मामिलामा केन्द्रिय जाँच ब्यूूरो (सीबीआई)-को जाँचप्रति पीड़िताका माता-पिताले गहिरो असन्तोष अनि शंका व्यक्त गरेका छन्। परिवारको निकटवर्ती सूत्रले बताएको छ, माता-पिताको पक्षबाट तल्लो अदालतमा आवेदन गरेर यो शंका व्यक्त गरिएको छ, जाँच एजेन्सीले निष्पक्ष ढंगमा काम गरिरहेको छैन।

पीड़िताका परिवारले अदालतमा भने, सीबीआई जाँचको निगरानी गरिरहेका अतिरिक्त निदेशक सम्पत मिणा र पश्चिम बंगाल पुलिसका वरिष्ठ अधिकारी विनीत गोयल दुवै नै 1994 ब्याचका आईपीएस अधिकारी हुन्। दुवै नै एउटै ब्याचका हुन् र प्रशिक्षण अवधि सँगै पनि बसिसकेका छन्। त्यसैले यो सन्देह लागेको छ, सीबीआई अधिकारी आफ्नो ब्याचमेटविरूद्ध कारबाही गर्नदेखि हिच्किचाउन सक्छन्।

स्मरण गराइन्छ, 9 अगस्त, 2024-मा यो भयानक अपराध भएको समयमा विनीत गोयल कोलकाता पुलिसका आयुक्त थिए र प्रारम्भिक जाँच विशेष जाँच दल (एसआई)-द्वारा उनकै नेतृत्वमा शुरू गरिएको थियो। तर मामिलालाई लिएर व्यापक जन आक्रोश देखिएपछि उनलाई पुलिस आयुक्त पदबाट हटाइएको थियो। त्यसपछि कलकत्ता हाई कोर्टकोआदेशमा मामिलाको जाँचको जिम्मा सीबीआईलाई सुम्पिइएको थियो।

सीबीआईको पक्षबाट जवाफमा भनिएको छ, कसैको ब्याचमेट हुँदैमा कुनै अधिकारीको निष्पक्षतामाथि प्रश्न उठाउन सकिँदैन। एजेन्सीका वकिलले भने, विनीत गोयल षड़यन्त्रमा संलिप्त रहेको कुनै प्रमाण भेटिएको छैन, त्यसैले उनीविरूद्ध कुनै कारबाही गरिएको छैन।

यसपूर्व यस मामिलामा अदालतले जनवरी महिनामा नागरिक स्वयंसेवक सञ्जय रायलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो। उसैलाई बलात्कार अऩि हत्याको एकमात्र दोषी मानिएको थियो। तर अब सीबीआईले गहिराईपूर्वक जाँच गरिरहेको छ कि यस अपराधको पछाड़ि कुनै व्यापक षड़यन्त्र त थिएन, विशेष गरी कोलकाता पुलिसको शुरूआती जाँचमा भएको प्रमाणहरूमा हेरफेर।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande