चण्डीगढ़, 17 जुलाई (हि.स.)। शिरोमणि गुरुद्वारा प्रबन्धक कमिटीको तर्फबाट भारतीय श्रद्धालुहरूलाई गुरू नानक देवजीको प्रकाश उत्सवको अवसरमा पाकिस्तान पठाइनेछ। यसको निम्ति बिहिवार श्रद्धालुहरूसित आवेदन मागिएको छ।
एसजीपीसीका सचिव प्रताप सिंह अनुसार, श्रद्धालुहरूको टोली नोभेम्बरमा पाकिस्तानको ननकाणा साहिब पठाइनेछ, जसको प्रक्रिया अहिलेदेखि शुरू भएको छ। पाकिस्तानको धार्मिक यात्रामा जाने इच्छुक श्रद्धालुले 04 अगस्तसम्म एसजीपीसी कार्यालयमा आफ्नो पासपोर्ट जमा गराउनसक्छन्। पासपोर्ट पाएपछि भारत सरकारको माध्यमले श्रद्धालुहरूको भीसाको निम्ति आवेदन गरिनेछ। त्यसपछि जुन श्रद्धालुहरूलाई वेरीफिकेशनको आधारमा भीसा प्राप्त हुनेछ, उनी पाकिस्तानमा धार्मिक स्थानहरूको यात्रामा जान सक्नेछन्।
उनले बताए, श्रद्धालुहरूले आफ्नो पासपोर्टको साथ मतदाता पहिचान पत्र, आधार कार्ड आदि पनि जमा गराउनुपर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी