ट्रम्पको आग्रह कोका कोलाले मान्यो, मिठासको निम्ति अब उखूको प्रयोग हुनेछ
कोका


वाशिङ्गटन, 17 जुलाई (हि.स.)। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोका कोला कम्पनीले उनको आग्रह स्वीकार गरेको बताएका छन्। कोका कोला कम्पनीले अमेरिकामा आफ्नो प्रमुख पेयमा मिठासको निम्ति असली उखूको चीनीको प्रयोग गर्नेछ। उनले यसको निम्ति कोका कोला कम्पनीका अधिकारीहरूको आभार व्यक्त गरेका छन्। अमेरिकी समाचार वेबसाइट द हिलले यो जानकारी दिएको छ।

द हिल अनुसार, ट्रम्पले सोशल ट्रुथमा भनेका छन्, मैले अमेरिकामा कोकमा असली उखूको चीनीको प्रयोगबारे कोका कोलासित कुरा गरेको छु। उसले यसो गर्नमा आफ्नो सहमति दिएको छ। म कोका-कोलाका सबै अधिकारीहरूको धन्यवाद गर्न चाहन्छु। तपाईले हेर्नेछन्, यो उनीहरूको एक धेरै नै राम्रो कदम हुनेछ।

यसमा कोका कोलाले बुधवार आफ्नो वेबसाइटमा भन्यो, हाम्रो प्रतिष्ठित कोका कोला ब्रान्डप्रति राष्ट्रपति ट्रम्पको उत्साह सराहनीय छ। कोका कोलाको नयाँ उत्पादहरूबारे अधिक जानकारी छिट्टै नै साझा गरिनेछ।

उल्लेख्य, राष्ट्रपति ट्रम्पलाई डाइट कोकको शौक रहेको छ। ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा उनीसित ओवल अफिसमा एउटा बटन थियो। यसबाट कोका कोलामा सोडा मिलाउनमा मद्दत हुन्थ्यो। तब ट्रम्प एक दिनमा डाइक कोकको 12 क्यान पिउनेगर्थे। ट्रम्पका लामो समयदेखि सहयोगी मार्गो मार्टिन अनुसार, शपथ ग्रहण समारोह अगाड़ी ट्रम्पलाई कोका कोलाका सीईओले पहिलो पल्ट राष्ट्रपति पदको स्मारक उद्घाटन समारोहको निम्ति डाइट कोक प्रदान गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande