कोलकातामा टीभी अभिनेत्रीसित दुर्व्यवहार गरेको आरोप, दुई युवक पक्राउ
कोलकातामा टीभी अभिनेत्रीसित दुर्व्यवहार गरेको आरोप, दुई युवक पक्राउ


कोलकाता, 17 जुलाई (हि.स.)। जादवपुर क्षेत्रबाट एकजना टीभी अभिनेत्रीसित दुर्व्यवहार, धम्की तथा कुटपिट गरेको घटना प्रकाशमा आएको छ। गए अबेर राती उनी शुटिंग सिद्धाएर घर फर्किरहेकी थिइन्, अचानक बाटोमा दुईजना युवकहरूले कथित रूपमा अपमानजनक शब्दहरू प्रयोग गरे, धम्की दिए साथै दुर्व्यवहार गरे। पुलिसले तत्काल कारवाही गर्दै दुवै आरोपीलाई पक्राउ गरेको छ।

पीड़िता अनुसार राती लगभग अढ़ाई बजे उनी बाघाजतीनस्थित आफ्नो घरमा फर्किरहेकी थिइन्। धेरै थाकेको कारणले उनी सदा जस्तै बापुजी नगरको एउटा क्याफेमा चिया पिउनको लागि बसिन्। उनीसित दुईजना पुरूष मित्रहरू पनि थिए। अचानक एउटा कार क्याफे सामु रोकियो अनि त्यसमा सवार दुईजना युवकहरू जसले मदिरा सेवन गरेका थिए,-ले अभिनेत्रीलाई अपशब्द भन्न थाले।

अभिनेत्रीका साथीहरूले यसको विरोध गर्दा दुवै युवकहरू कारलाई मोड़ेर फेरि फर्केर आएर वाहनबाट झरी अपशब्द प्रयोग गर्न थाले। आरोप छ, उनीहरूले अभिनेत्रीमाथि एसिड अट्याक र किडन्याप गर्ने धम्की पनि दिएका थिए। त्यसपछि कुटपिट शुरू भयो जसमा उनको हातलाई समातेर तानियो अनि कुटपिट पनि गरियो।

घटनाको जानकारी पाउनसाथ यादवपुर थानाको पुलिस भोर बिहान लगभग 3 बजे घटनास्थलमा पुग्यो अऩि दुवै आरोपीलाई पक्राउ गऱ्यो। पीड़िताद्वारा दर्ता सिकायतको आधारमा मेडिकल जाँच गराइयो जसमा उनको शरीरमा चोटको निशान पाइएको छ।

जानकारी मुताविक आरोपी युवकहरू बासद्रोणी क्षेत्रका हुन्। अर्कोतिर आरोपीहरूले अभिनेत्रीका साथीहरूविरूद्ध मामिला दर्ता गराएका छन् जसलाई अभिनेत्रीले सुनियोजित षड़यन्त्र बताएकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande