फिल्म 'रहना है तेरे दिल में' मा आफ्नो रोमान्टिक भूमिकाले दर्शकहरूको मनमा खास ठाउँ बनाउने अभिनेता आर माधवनले समयको साथ आफ्नो अभिनयमा विविधता ल्याएर आफूलाई प्रमाणित गरेका छन्। अब उनी एक पल्ट फेरि फिल्म 'आप जैसा कोई' को माध्यमले रोमान्सको दुनियामा फर्किरहेका छऩ्, जसमा उनी अभिनेत्री फातिमा सना सेखको साथ नजर आनेछन्। हालमा माधवनले यस फिल्मलाई लिएर 'हिन्दुस्थान समाचार' सित खास कुराकानी गरे। पेश छ यस साक्षात्कारका केही खास अंश....
प्रश्न. तपाईको निम्ति फिल्महरूमा रोमान्सको परिभाषा र त्यसमा कतिको परिवर्तन आएको छ ?
अवश्य, 'आप जैसा कोई' मेरो निम्ति धेरै हिसाबले एक चुनौतीपूर्ण फिल्म रहेको छ। मैले आफ्नो करियरको शुरूआत 'रहना है तेरे दिल में' जस्तो रोमान्टिक भूमिकाबाट गरेको थिए र अब यहाँसम्मको यात्रा तय गरेको छु। त्यस समयमा रोमान्सको तरीका एकदमै अलग थियो। तब न टेडिङ एप्स थियो न त यति खुल्लापना। यदि कुनै केटीसित कुरा गर्नुथियो भने प्रायः उसलाई पछ्याएर नै आफ्नो भावना व्यक्त गर्नुपर्थ्यो, जुन आजको समयमा एकदमै पनि स्वीकार्य छैन। समयको साथ सोच र तरीका बदलेको छ र मलाई पनि आफूमाथि लगातार काम गरिरहनुपरेको छ। यस फिल्ममा मेरो निम्ति सबैभन्दा ठूलो चुनौती यही रह्यो कि म भूमिकामा यस्तो देखुँ कि आयु पनि नझल्कोस् औं म र मेरी को-स्टारबीच एक राम्रो केमिस्ट्री पनि देखियोस्। साँच्चै भनु भने म धेरै नर्वस थिए, के म स्क्रीनमा ठीकै लाग्नेछु ? के हाम्रो जोडी राम्रो लाग्नेछ ? तर यही घबराहटमा एक नयाँ रोमाञ्च पनि थियो।
प्रश्न. लीड कास्टको आयुमा अधिक अन्तर हुनु कहाँसम्म सही हो ?
मैले आफ्नो परिवारमा यस्ता धेरै उदाहरणहरू देखेको छु, जहाँ पति-पत्नीबीच 15 देखि 20 वर्षसम्मको आय़ुको फरक छ तर उनीहरूको सम्बन्धमा कहिले कुनै कमी रहने। दुवै एक-अर्काको साथ खुशी छन् र अन्तमा यही सबैभन्दा आवश्यक कुरा हुन्छ। फिल्महरूको कुरा गर्दा, आजको समयमा धेरै कलाकारहरूले आफूभन्दा धेरै कम आयुका अभिनेत्रीहरूको साथ काम गरिरहेका छऩ्। जबसम्म पर्दामा उनीहरूको केमिस्ट्री प्रभावशाली छ र काम राम्रो छ तबसम्म दर्शकले पनि यसलाई पूर्ण रूपमा स्वीकार गर्छन्। आयुभन्दा अधिक महत्वपूर्ण हुन्छ कि तपाईले आफ्नो भूमिकालाई कति साँचोपना र ईमानदारीले निभाइरहेका छऩ्।
प्रश्न. सिनेमालाई लिएर तपाईको बुझाई, त्यसबारे तपाई के भन्न चाहनुहुन्छ ?
राजुकमार हिरानी जस्ता फिल्ममेकर त साँच्चैमा सिनेमाका महारथी हुन् र म आफूलाई उनीसंग तुलना गर्ने कल्पना पनि गर्नसक्दिन। साँच्चै भनु, म कहिले सिनेमाको भक्त रहिन। मेरो यस फिल्मका निर्देशक विवेक सोनी जस्ता मानिस असली सिनेमा प्रेमी हुन्, उनी त फिल्महरूको पुजारी हुन्, तर मसित मामिला एकदमै उल्टो थियो। न त मलाई फिल्महरूबारे धेरै जानकारी थियो न त यससित कुनै खास लगाउ। मैले कहिले सोचेको थिइन कि म अभिनेता बन्नेछु न त कहिले यसको चाँहना थियो। सबैकुरा एउटा संयोग थियो।
वस्तुतः मैले टीवीमा केवल यसैले काम गर्नु शुरू गरे, सोचेको थिए कि दिनको तीन हजार रूपियाँ पाइनेछ, ठीक छ, गरौं न त। त्यस समय धेरै जना फिल्म जगतमा आउनलाई आतुर थिए तर मभित्र त्यस्तो कुनै आतुरपना थिएन। शायद यही सहजता थियो, जसले गर्दा दर्शकहरूले मलाई स्वीकार गर्नु शुरू गरे औं बिस्तारै मैले राम्रो रोल्स पाउनथाले।
प्रश्न. तपाईले आफ्नो करियरमा धेरै चुनिन्दा फिल्महरू गरेका छन्, यसको पछाड़ीको कारण ?
मलाई पहिले लाग्थ्यो कि महिलाहरूबीच मेरो सबैभन्दा ठूलो फ्यान फलोइङ छ तर जब मैले एक दिन इन्स्टाग्राम र ट्विटर एनालिटिक्स हेरे तब हैरान रहे। वास्तवमा मेरा लगभग 75% फलोइङ 18 देखि 40 वर्षका पुरूषहरूको छ। बाकी महिला छन्। मैले 30 को आय़ुमा फिल्म इन्डस्ट्रीमा पाइला टेकेको थिए र जब 'रहना है तेरे दिल में' मा रोमान्टिक हीरो बने, तबसम्म म 32 वर्षको भइसकेको थिए। त्यस समय लाग्यो कि यदि मैले लगातार यस्तै किसिमको रोमान्टिक फिल्महरू गरिरहे भने आगामी केही वर्षमा मानिसहरूले मलाई केवल छेड़छाड़ गर्ने किसिमको हीरो मान्न थाल्नेछऩ्। मेरा शुरूआती तीन फिल्म ठूला डायरेक्टर्सको साथ थियो, जसले गर्दा बाकी निर्देशकहरूलाई म केवल उनीहरूकै साथ काम गर्छु वा मलाई सिनेमाको कुनै गहिरो जानकारी छैन भन्ने भ्रम भयो। यस कारण मकहाँ धेरै फिल्महरू नै आएन। बिस्तारै महसूस भयो कि मैले एउटै किसिमको फिल्महरू गरिरहेको छु। मैले आफूलाई सोधे, म के गरिरहेको छु ? म एक गोल्ड मेडलिस्ट हुँ, एक पब्लिक स्पीकर हुँ, मसित धेरै कुरा छ तर मेरा फिल्महरूमा यी सबको कतै कुनै झलक थिएन। तब मैले ब्रेक लिए, आफूलाई फेरि बुझे र एक रियल व्यक्ति बनेर फर्के। यस यात्रामा म खासगरी डायरेक्टर विवेक सोनी जस्ता मानिसहरूको आभारी छु, जसले मलाई बुझे र 'आप जैसा कोई' जस्ता फिल्महरूमा अवसर दिए।
प्रश्न. तपाईले अहिले सिनेमाभन्दा धेरै ओटीटी प्रोजेक्ट्स गरिरहेका छऩ्, यसको कुनै खास कारण
मेरो प्राथमिकता सदैव राम्रो कथाहरू रहन्छ। ओटीटीमा काम गर्नु सजिलो हुँदैन। जब तपाईले एक आठ एपिसोडको सीरीज बनाउँछन्, त्यसमा धेरै परिश्रम र समय लाग्छ। ओटीटीको फर्मेट फिल्महरूदेखि एकदमै भिन्न छ। जब तपाईले ओटीटीको निम्ति कुनै फिल्म गर्छन्, त्यसको स्क्रिप्ट धेरै सशक्त हुनुपर्छ किनभने त्यहाँ सिनेमाघरहरू जस्तो भव्य भिजुअल इम्पेक्ट हुँदैन। जस्तो मेरा फिल्महरू 'शैतान' र 'केसरी' ठूला पर्दाहरूका लागि बनेका थिए, यिनीहरूको स्केल र इमोशनले थियेटरमै प्रभावी हुन्छ। 'ब्रीद' जस्ता शो थियेटरको निम्ति नभएर ओटीटी जस्ता माध्यमको निम्ति राम्रो हुन्छ। यसैले म पहिले कथा र स्क्रिप्ट हेर्छु र फेरि तय गर्छु कि कुन प्लेटफार्म त्यसको निम्ति सबैभन्दा सही रहनेछ किनभने हरेक कथाको एक सही माध्यम हुन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी