देहरादून, 21 जुलाई (हि.स.)। प्रदेश सरकारले बाबाको भेष बनाएर मानिसहरूलाई ठग्ने अनि सनातन संस्कृतिलाई बद्नाम गर्नेहरूविरूद्ध कड़ा कारबाही गर्नको लागि अपरेशन कालनेमि शुरू गरेको छ। यस अपरेशन अन्तर्गत राज्यमा अहिलेसम्ममा 2448 जना मानिसहरूको पहिचान गरिसकिएको छ जसमध्ये 377 जना संदिग्धहरूलाई चिन्हित गरिएको छ।
यस अतिरिक्त पहिचान लुकाएर मानिसहरूले ठगी गर्ने 222 जना अभियुक्तहरूमाथि कारबाही शुरू गरिएको छ भने 140 जनालाई पक्राउ गरिएको छ। यस अभियान अन्तर्गत संवेदनशील क्षेत्रहरूमा पहिचान पत्र, निवास प्रमाण एवं दस्तावेजहरूको गहन जाँच गरिँदैछ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले भने, उत्तराखण्डको पहिचानलाई कायम राख्ने सरकारको मूल मन्त्र हो। मुख्यमन्त्रीले यो पनि स्पष्ट पारे, कुनै पनि धर्म वा सम्प्रदायसित सम्बन्धित व्यक्तिले यदि धार्मिक भेषको दुरूपयोग गरेर जनताको भावनासित खेलवाड़ गर्दछ भने उमाथि कानून अनुरूप कठोर कारबाही हुनेछ। उत्तराखण्ड सरकार जनभावना, सनातन संस्कृतिको गरिमा एवं सामाजिक सौहार्द रक्षाको निम्ति पूर्ण रूपले प्रतिबद्ध छ। अपरेशन कालनेमि उत्तराखण्डमा आस्थाको नाममा भइरहेको पाखण्डमाथि प्रहार मात्र नभएर यो सन्देश पनि हो कि देवभूमिमा अब धर्मको अपमानलाई सहन गरिनेछैन।
अर्कोतिर धर्मान्तरणका घटनाहरूमाथि पनि लगाम कसिँदैछ। प्रदेशमा लोभ, भय वा धोकाले धर्मान्तरण गर्ने चेष्टा गर्नेहरूलाई पक्राउ गरिँदैछ। मुख्यमन्त्री मुताविक पहिला राज्यमा लोभ, भय वा धोकाले धर्मान्तरण गराएका घटनाहरू प्रकाशमा आइरहन्थे। तर अब सरकारले यो स्पष्ट पारेको छ, उत्तराखण्डको धार्मिक स्वतन्त्रताको मर्यादालाई कुनै पनि मूल्यमा नाघ्न दिइनेछैन।
वर्ष 2022- मा पारित उत्तराखण्ड धर्म‑स्वतन्त्रता अधिनियम- 2022 अन्तर्गत बलजफ्ती धर्मान्तरणलाई गैर-जमानती तथा संज्ञेय अपराध घोषणआ गरिएको छ। दोषीहरूलाई 2 देखि 10 वर्षसम्मको सजाय र 25 हजारदेखि 10 लाखसम्मको जरीमाना हुनसक्छ। हालैमा छांगुर बाबा गिरोहका पाँचजना सदस्यविरूद्ध दर्ता मुद्दा पनि यसै संकल्पको परिचायक हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा