जम्मू, 21 जुलाई (हि.स.)। कड़ा सुरक्षा व्यवस्थाबीच 3,700 भन्दा अधिक तिर्थयात्रीहरूको एक समूह सोमवार दक्षिण कश्मीर हिमालयमा अवस्थित अमरनाथ गुफाको दर्शनार्थ दुवै आधार शिविरको लागि जम्मूबाट प्रस्थान भएको छ। गत 3 जुलाईमा यात्रा शुरू भएदेखि अहिलेसम्ममा 3 लाखभन्दा अधिक तिर्थ यात्रीहरूले 3,880 मीटर उच्चतामा अवस्थित मन्दिरमा भगवान शिवको प्राकृतिक रूपमा निर्मित हिमलिंगको दर्शन गरिसकेका छन्।
अधिकारीहरूले बताए, सीआरपीएफ एवं पुलिस कर्मीहरूको व्यापक सुरक्षा प्रबन्धबीच 3,791 तिर्थ यात्रीहरूको दल जसमा 3,067 जना पुरुष, 522 जना महिला, 9 जना बाल-बालिका, 192 जना साधु-साध्वी एवं एकजना ट्रान्सजेण्डर सामेल छन्, आज बिहान 3:33 बजेदेखि 4:06 बजेबीच 148 वटा वाहनहरूमा सवार भएर जम्मूको भगवती नगर आधार शिविरबाट प्रस्थान भयो।
उनले बताए, पहिला 52 वटा वाहनहरू 1,208 जना तिर्थ यात्रीहरूलाई गाँदरबल जिल्लामा 14 किलोमीटर छोटो, तर अधिक भिरालो भएको बालटाल मार्ग तर्फ प्रस्थान भयो। त्यसपछि 2,583 जना तिर्थ यात्रीहरू सवार 96 वटा वाहनहरूको लस्कर अनन्तनाग जिल्लामा 48 किलोमीटर लामो पारम्परिक पहलगाम मार्ग भएर यात्रा गरिरहेका छ।
आँकड़ा अनुसार पछिल्लो केही दिनदेखिको यात्रा गर्ने यात्रीहरूको संख्यामा ह्रास आइरहेको छ। 18 जुलाईमा 7,908 तिर्थ यात्री अमरनाथ तर्फ प्रस्थान भएका थिए भने 19 जुलाईमा यो संख्या 6,365, 20 जुलाईमा 4,388 र आज 3,791-मा पुगेको छ जुन आजसम्मकै सबैभन्दा कम संख्या हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा