अभिषेक ब्यानर्जीको हमलाः 2026 पछि भाजपालाई ‘जय बंगला’ भन्न बाध्य बनाउनेछौं
अभिषेक ब्यानर्जीको हमलाः 2026 पछि भाजपालाई ‘जय बंगला’ भन्न बाध्य बनाउनेछौं


कोलकाता, 21 जुलाई (हि. स.)। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले सोमवार धर्मतलाको शहीद मञ्चबाट भाजपामाथि प्रहार गरे। उनले भने, तृणमूल कंग्रेस जस्तो समर्पित कार्यकर्ता भाजपासित एक जना पनि छैन। यो पार्टी आगामी सय वर्षसम्म पनि सत्तामा आउन सक्नेछैन। उनले मञ्चबाट स्पष्ट पारे, आगामी वर्ष 2026-पछि बंगालबाट कमल (भाजपाको चुनाउ चिन्ह)-लाई उखालेर फाल्नेछौं।

अभिषेकले भने, हामी बंगाल भाषामा बातचित गर्छौं, गरिरहनेछौं र गर्वले गर्नेछौं। सय पटक भन्ने आवश्यकता परे पनि भन्नेछौं। आगामी वर्ष 2026-पछि भाजपाले पनि ‘जय बंगला’ भन्नुपर्छ, यसलाई लेखेर राख्नुहोस्।

केन्द्र सरकारका नीतिहरूमाथि प्रहार गर्दै उनले भने, भाजपा बंगालका मानिसहरूलाई डिटेन्शन क्याम्पमा पठाउन चाहन्छ। तर आगामी वर्ष 2026-पछि हामी भाजपालाई नै पठाइदिनेछौं। बंगालमा उनीहरूले कुनै ठाउँ पाउने छैनन्।

ईडी र चुनाउ आयोगको दुरुपयोग गरेको आरोप लगाउँदै अभिषेकले भने, हामी आफ्नो रीढ़ बेच्ने छैनौं। हाम्रो गला काटिए पनि हाम्रो रंगहरूबाट ‘जय बंगला’ नै निक्लिनेछ। उनले भने, एकातिर ईडी त अर्कोतिर चुनाउ आयोगलाई प्रयोग गरी भोटर लिस्टबाट नाम हटाइँदैछ। यी दुवै 'ई' भाजपाको हतियार बनिसकेको छ। तर हामी डराउनेवाला छैनौं।

भाजपालाई लिएर आफ्नो पुरानो आरोप दोहोऱ्याउँदै अभिषेकले भने, हामीले नै सबैभन्दा पहिला भाजपालाई बंगाल विरोधीको संज्ञा दिएका थियौं। मैदानमा जित्न नसकेपछि गरीबहरूमाथि हमला गर्ने योजना बनाउँछ। यिनीहरूले बंगालको संस्कृतिको अपमान गर्दछन् र योजनाहरूको पैसा रोकेर राख्दछन्। भाजपाको असली पहिचान यही हो, बंगाल विरोधी मानसिकता।

सभा स्थलमा पुग्नसाथ अभिषेकले शहीदहरूलाई प्रणाम गरे अऩि उपस्थित कार्यकर्ताहरूलाई अभिवादन गरे। अभिषेकले सम्बोधन गरिरहँदा उनको समर्थनमा सभास्थलमा कार्यकर्ताहरूले व्यापक नाराबाजी गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande