खरसाङ, 21 जुलाई (हि.स.) 19 अगस्त, 2022 मा दशैँको मुखैमा बन्द भएको अम्बटे चियाबारी प्रायः 22 महिनापछि आजदेखि खोलिएको छ। वर्तमान जीवन शर्माको अधीनमा खोलिएको यस चियाबारीमा साेमवार श्रमिकहरूको सङ्ख्या भने केही कम्ती देखियो। प्रथम दिन केही श्रमिकहरूलाई पत्ती टिप्न लगाइयो भने केही श्रमिकहरूले कमान सफा गर्ने कार्य गरे र केही श्रमिकहरूलाई कमानका कार्यालयहरू सफा गर्न लगाइयो।
आज बिहान बगान खोलिन अघि अम्बटेस्थित धाममा पूजा अर्चना गरेर श्रमिजहरुलाई चिया पत्ती टिपाईमा लगिएको थियो। बगानका प्रबन्धक मञ्जित सिञ्चुरीले आजदेखि बगान आधिकारिक रुपमा रुपमा खोलिएको बताएका छन्।
उनले बगान खोलिनुमा सबैको सहयोग रहेको जनाउँदै आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोग रहने आशा व्यक्त गरे। उनले आज बगान खोलिएको पहिलो दिन श्रमिकहरुकाे उत्साहजनक उपस्थिति रहेकाे जानकारी गराए।
हिन्दुस्थान समाचार / हनोक