उत्तरकन्या अभियान : शुभेन्दु अधिकारीको नेतृत्वमा भाजपाको ऱ्याली आरम्भ, व्यापक सुरक्षा व्यवस्थाबीच युवा मोर्चाको मार्च
उत्तरकन्या अभियान : शुभेन्दु अधिकारीको नेतृत्वमा भाजपाको ऱ्याली आरम्भ, व्यापक सुरक्षा व्यवस्थाबीच युवा मोर्चाको मार्च


सिलगढ़ी, 21 जुलाई (हि.स.)। एकातिर दक्षिण बंगालको धर्मतलामा तृणमूल कंग्रेसको शहीद दिवस सभा त अर्कोतिर उत्तर बंगालमा भारतीय जनता पार्टी (भाजपा)-को 'उत्तरकन्या अभियान'-को कारण राज्यको राजनीति सोमवार पूर्ण रूपले गर्मिएको छ। विपक्षका नेता शुभेन्दु अधिकारीको नेतृत्वमा यो अभियान सिलगढ़ीदेखि शुरू भयो जसमा पार्टीका सांसद अनि विधायकहरू पनि सामेल भए।

शुभेन्दु अधिकारीले ऱ्यालीपूर्व भने, भाजपाको संस्कृति सदैव शान्तिपूर्ण आन्दोलन रहिआएको छ र उत्तरकन्या अभियान पनि सोही परम्पराको अंग हो। उनले आरोप लगाए, बंगाल पुलिसले उनलाई सभा गर्ने अनुमति दिएको थिएन, तर कलकत्ता उच्च अदालतबाट अनुमति पाएपछि यो ऱ्याली सम्भव हुन सक्यो। उनले भने, बंगालको पुलिस जनताको होइन, तृणमूलको कठपुतली बनिसकेको छ।

यस ऱ्यालीलाई लिएर प्रशासनले पहिला नै असहमत व्यक्त गरेको थियो, तर भाजपाले अदालतको शरण लिएपछि उच्च अदालतले सशर्त ऱ्याली गर्ने अनुमति दियो। अदालतको निर्देशानुसार यो मार्त तीनबत्ती मोड़देखि शुरू भएर लगभग अढ़ाई किलोमीटर टाड़ा चुनाभाटी मोड़सम्म पुग्नेछ, त्यसपछि एउटा जनसभा फुटबल मैदानमा आयोजना गरिएको छ। यस अभियानमा अधिकतम दश हज़ार मानिसहरू सामेल हुने अनुमति दिइएको थियो। सोही अनुरूप ठूलो संख्यामा भाजपा युवा मोर्चा अनि सम्बन्धित संगठनका कार्यकर्ताहरू सामेल भएका छन्।

भाजपाले यस अभियानको लागि विशेष 'थीम संग' पनि तयार गरेको छ जसलाई शनिवार बितेको शनिवार प्रदेश अध्यक्ष शमिक भट्टचार्यले जारी गरेका थिए। ऱ्यालीमा युवाहरूको व्यापक सहभागिता देखियो, किनभने यो अभियान पार्टीको युवा मोर्चाद्वारा आयोजना गरिएको हो।

तृणमूल कंग्रेसले भाजपाको यस अभियानलाई लिएर कटाक्ष गरेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले नाम उच्चारण नगरी आइतवार भनेकी थिइन्, हामीले कार्यक्रम आयोजना गर्नसाथ उनीहरूले पनि समानन्तर कार्यक्रम आयोजना ग र्ने गर्दछन्, तर उनीहरूले कार्यक्रम आयोजना गर्दैछ भने हामी कुनै समानन्तर कार्यक्रम आयोजना गर्दैनौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande