सीएम योगीले एक-एक जना पीड़ितको नजिकमा पुगेर समस्या सुने
सीएम योगीले एक-एक जना पीड़ितको नजिकमा पुगेर समस्या सुने


-मुख्यमन्त्रीले सोमवार लखनऊमा गरे 'जनता दर्शन'

लखनऊ, 21 जुलाई (हि. स.)। मुख्यमन्त्री योगी आदित्यनाथले सोमवार 'जनता दर्शन' गरे। यस अवधि राज्यभरिबाट आएका 50भन्दा अधिक पीड़ितहरू उपस्थित थिए। मुख्यमन्त्रीले हरेक पीड़ितको नजिकमा पुगेर स्वयं उनीहरूको समस्या सुने, प्रार्थना पत्र लिए अनि आश्वस्त पारे, सरकार उनीहरूको साथमा छ। हरेक समस्याको निराकरण हुनेछ। मुख्यमन्त्रीले भने, उत्तर प्रदेशका हरेक नागरिकका समस्याहरूको समाधान सरकारको प्राथमिकता हो।

मुख्यमन्त्रीले 'जनता दर्शन'-मा आएका दिव्यांगहरूको कुरा सुनेपछि उनीहरूलाई मोटराइज्ड ट्राइ साइकल दिलाउने आश्वासन दिए। पुलिस, राजस्व, चिकित्सा सहायता, रोजगार, शिक्षा, आवास, कब्जा, परिवार आदि मामिलाहरूसित सम्बन्धित प्रार्थना पत्रलाई लिएर मुख्यमन्त्रीले सम्बन्धित अधिकारीहरूलाई दिए। जनताको समस्या सुन्दै मुख्यमन्त्रीले अधिकारीहरूलाई तुरून्त एवं सन्तुष्टिपरक समाधान गर्ने निर्देश दिनका साथै मानिसहरूलाई भरोसा दिलाए, सरकार हरेक पीड़ितको समस्या समाधान गर्नको लागि दृढ़ संकल्पित छ। सबैले न्याय पाउनेछन्।

मुख्यमन्त्री योगी आदित्यनाथले 'जनता दर्शन'- मा अभिभावकहरूसित आएका नानीहरूसित पनि बातचित गरे। उनीहरूप्रति मायाको भाव देखाए। नानीहरूको पढ़ाईको बारेमा जानकारी लिए अनि चकलेट र टफी प्रदान गर्दै नानीहरूलाई उज्जवल भविष्यको आशीर्वाद दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande