चिरांग पुलिसले एघार जना साइबर ठगहरूलाई गऱ्यो पक्राउ
चिरांग पुलिसले एघार जना साइबर ठगहरूलाई गऱ्यो पक्राउ


चिरांग (असम), 21 जुलाई (हि.स.)। चिरांग जिल्लामा साइबर अपराधीहरूविरूद्ध पुलिसले निरन्तर कारबाही गरिरहेको छ। यसै क्रममा बितेको शनिवार अबेर राति संचालित एक विशेष अभियानमा बिजनी थाना क्षेत्रबाट एघार जना साइबर अपराधीहरूलाई पक्राउ गरियो।

पुलिस प्रवक्ताले सोमवार बताए, पक्रा पर्ने आरोपीहरूमा बिजनीको कावाटिकर निवासी अफसर अली (34), 1 नं. डंशियापाराको मतलुब अली (37), अब्दुल अवाल (27), अखेर अली (29), साद्दाम हुसैन (22), गुलाब हुसैन, फरमाइशालीको मीर कासिम (22) औ बल्लामगुड़ीको अनवर हुसैन सामेल छन्। यस साइबर अपराध गिरोहको मास्टरमाइण्ड अनवर हुसैन थियो जसलाई गए राती बंगाई गाउँ जिल्लाबाट पुलिसले छापा मारेर पक्राउ गरेको छ।

अन्य तीन जना आरोपीहरूको नाम हाल पुलिसले सार्वजनिक गरेको छैन। यस कारबाहीमा तीन वटा चार चक्के वाहनहरू क्रमैले एएस- 19 डब्ल्यू -2999, एएस- 01क्यूसी-0737 र एउटा बिना नम्बरको हुण्डई आई20 कार जफत गरेको छ। यस अतिरिक्त माइक्रो एटीएम मशिन, विभिन्न मानिसहरूको नाममा बनिएको एटीएम कार्ड, सिम कार्ड र मोबाइल फोन पनि जफत गरिएको छ।

यस सम्पूर्ण मामिलामा पुलिसले गहन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande