दुलियाजानमा ओयल इण्डियाको ग्यास पाइपलाइनमा विस्फोटपछि आगलागी
दुलियाजानमा ओयल इण्डियाको ग्यास पाइपलाइनमा विस्फोटपछि आगलागी


डिब्रुगढ़ (असम), 21 जुलाई (हि.स.)। असमको दुलियाजानस्थित माजमाजिया क्षेत्रमा बितेको राति भयानक अग्निकाण्ड भयो। आगो सोनापुरस्थित नामघरको मुख्य द्वार सामु ओयल इण्डिया लिमिटेडको ग्यास पाइपलाइनमा भएको विस्फोटको कारण शुरू भएको थियो।

सूचना पाउनसाथ दमकल विभागका वाहनहरू घटनास्थलमा पुगेर आगो निभाउनमा जुटे। कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरियो। तथापि घटनापछि पनि लगातार प्राकृतिक ग्यासको चुहावट जारी छ जसबाट क्षेत्रमा भय व्याप्त भएको छ।

घटनास्थलमा स्थानीय पुलिस बलसँगसँगै ओयल इण्डियाको सुरक्षा विभागलाई पनि तैनाथ गरिएको छ। प्रशासनले स्थितिमाथि निगरानी राखिरहेको छ। अग्निकाण्डको कारण पत्तो लगाउन जाँच शुरू गरिएको छ। यद्यपि यस घटनामा कुनै प्रकारको ज्यानहानि भएको समाचार प्राप्त भएको छैन। विस्तृत जानकारीको निम्ति प्रतिक्षा जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande