बाटो निर्माणको लागि स्थानीय समाजद्वारा जीटीए प्रमुख अनित थापालाई धन्यवाद
Footpath construction


खरसाङ, 21 जुलाई (हि.स.)। खरसाङको वार्ड नम्बर 9 को मन्टिभियट पथ, देवकोटा टोलमा हाल टाइल्स बिछ्याएर बाटो निर्माण गरिएकोमा स्थानीय समितिका सदस्यहरूले जीटीए प्रमुख अनित थापालाई विशेष आभार प्रकट गरेका छन्। यस विषयमा वार्ड नम्बर 9 को देवकोटा टोल समाज समितिले एक पत्रकार सम्मेलन बोलाएर बाटो निर्माणले देवकोटा टोललाई सुन्दर र व्यवस्थित बनाएको बताएका छन्।

यसका साथै, यो बाटोबाट विद्यालय जाने विद्यार्थीहरु, वृद्ध वृद्धाहरु र गाउँवासीहरूलाई दैनिक आवत जावतमा सुविधा भएको उनीहरूले बताएका छन्। पत्रकारहरुसित कुराकानी गर्दै वार्ड नम्बर 9 को मन्टिभियट पथस्थित देवकोटा टोल समाज समितिका सभापति र सचिव शशिकला प्रधानले यस वार्डमा 35 वर्षपछि जीर्णावस्थामा रहेको बाटो जीटीए प्रमुख अनित थापाले सुन्दर तरिकाले बनाई दिएको बताए।

उनीहरूले यस कार्यको लागि जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद श्याम शेर्पाप्रति आभार प्रकट गरेका छन्। यसका साथै उनीहरूले जीटीएम प्रमुखबाट अझ दुईवटा बाटो र समाज घर पनि निर्माणको आशा व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande