पटना, 21 जुलाई (हि.स.)। बिहार विधानसभा चुनाउपूर्व राज्यमा भइरहेको विशेष मतदाता सूची पुनरीक्षण कार्यलाई लिएर मनसुन सत्रको पहिलो दिन विपक्षले सदन बाहिर र भित्र व्यापक रड़ाँको मच्चाए। सदनको कारबाही स्थगित भएपछि महागठबन्धन विधायक दलको महत्वपूर्ण बैठक सम्पन्न भयो जसमा आगामी चार दिनभित्रमा सदनमा सरकारलाई घेराबन्दी गर्ने रणनीति तय गरियो। बढ़्दो अपराध अनि एसआईआरको विरोधस्वरूप विपक्षका विधायकहरू कालो कपड़ा लगाएर विधानसभामा आउनेछन्।
सोमवार सम्पन्न भएको विधायक दलको बैठकपछि नेता प्रतिपक्ष तेजस्वी यादवले बताए, आजदेखि विधानसभाको मनसुन सत्र शुरू भएको छ। भर्खरै सम्पन्न महागठबन्धनको विधायक दलको बैठक सम्पन्न भयो। हामीले स्पीकरसित माग गरेका छौं, मतदाता सूची पुनरीक्षण मामिलामा विधानसभामा चर्चा गराइयोस्। तेजस्वीले भने, लोकतन्त्र जिउँदो रहोस् र यसको अस्तित्वलाई नमेटाइयोस्। यसको लागि हामी यो लड़ाईँ लड़्नेछौं। यदि सरकार र विधानसभा स्पीकर चर्चाका लागि तयार भएनन् भने आगामी दिनमा यिनीहरू जवाफदेही बन्नेछैनन्। यसलाई लिएर हामीले सबै नेताहरूलाई पत्र लेखिसकेका छौं।
नेता प्रतिपक्ष तेजस्वीले भने, संसदमा पनि विपक्षी दलहरूले यस मुद्दालाई सशक्त ढंगमा उठाइरहेका छन्। साथै मंगलवार पनि सशक्त ढंगमा यस मुद्दालाई हामीले उठाइरहेका छौं। सरकारले कुनै पनि मूल्यमा यस मुद्दामाथि चर्चा गर्नुपर्छ। मंगलवार आफ्नो विरोध दर्ता गराउनका लागि महागठबन्धनका सबै विधायकहरूले कालो कपड़ा लगाएर सदनमा आउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा