आईईडीलाई पुलिस र बम निरोधक दलले निष्क्रिय बनायो
आईईडीलाई पुलिस र बम निरोधक दलले निष्क्रिय बनायो


इटानगर, 21 जुलाई (हि.स.)। अरुणाचल प्रदेश पुलिस औ सुरक्षा बलहरूले गए आइतवार नामसाई जिल्लाको नोंगताव-चेसिंग विंगखो मार्गमा फेला परेको एउटा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) बमलाई निष्क्रिय बनाइदिएका छन्।

पुलिस सूत्रले आज बताएको छ, आईईडी प्योंग सर्कलको नोंगताव गाउँ क्षेत्रमा अवस्थित एउटा पुल नजिक पुलिसले भेटेको थियो।

असम राइफल्स, सीआरपीएफ, नामसाई पुलिस र सेनाको 2 माउण्टेन डिभीजनको एक बम निरोधक दलद्वारा आइतवार खोजी कुकुर अनि विशेष उपकरणहरूको मद्दतले संचालित एक संयुक्त अभियानमा यसलाई निष्क्रिय बनाइयो।

पुलिस सुत्र अनुसार सम्भावित नोक्सान हुनदेखि बचेको छ। पुलिसले भन्यो, यो बम सुरक्षा बलहरूको गतिविधिलाई लक्षित गर्नको लागि राखिएको प्रतीत भएको छ।

भनिन्छ, क्षेत्रमा तैनाथ सुरक्षा बलहरूलाई गुप्त जानकारी प्राप्त भएको छ, स्वतन्त्रता दिवस समारोहपूर्व आतंकवादी एवं विध्वंशक गतिविधिहरूलाई परिणाम दिनको लागि प्रतिबन्धित संगठन यूनाइटेड लिबरेशन फ्रण्ट अफ असम (उल्फा) इण्डीपेन्डेन्ट (आई)-का केही आतंकवादी दल यस क्षेत्रमा प्रवेश गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande