खरसाङ, 21 जुलाई (हि.स.)। आगामी स्वतन्त्रता दिवस समारोहलाई लिएर आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता प्रधान अध्यापक संग्राममणि वाईबाले गरेका थिए।
सभामा शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभापति बिमल शेर्पा पनि उपस्थित रहेका थिए। सभामा तीनधारेमा यसपाली शिक्षक संगठनको आयोजनामा स्वतन्त्रता दिवस समारोह पालन विषयमा चर्चा परिचर्चा गर्दै स्वतन्त्रता दिवस समारोह समिति पनि गठन गरिएको छ। यस समितिमा सभापति विकास प्रधान, मूल सचिव सुरेन्द्र गुरुङ, कोषाध्यक्ष प्रवीण राई र प्रचार प्रसार सचिव सन्तोष लामालाई चयन गरिएको छ।
सभामा आगामी स्वतन्त्रता दिवस समारोहमा प्राथमिक पाठशाला र हाई स्कूल स्तरीय विद्यार्थीहरुलाई लिएर आयोजना गरिने विभिन्न खेलकूदहरु विषयमा चर्चा परिचर्चा गरिएको समारोह समितिका प्रचार प्रसार सचिव सन्तोष लामाले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक