जयपुरलाई टप-5 वैश्विक पर्यटन शहरको दर्जा प्राप्त
जयपुरलाई टप-5 वैश्विक पर्यटन शहरको दर्जा प्राप्त


जयपुर, 21 जुलाई (हि.स.)। राजधानी जयपुरलाई ट्राभल पल्स लिजर वर्ल्ड्स बेस्ट अवार्ड्स-2025-को सूचीमा विश्वको शीर्ष पाँचौ पर्यटन शहरको स्थान प्राप्त भएकोमा उपमुख्यमन्त्री एवं पर्यटन मन्त्री दिया कुमारीले प्रदेशका जनतालाई बधाई दिएकी छन्। उनले यस उपलब्धिलाई प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि तथा मुख्यमन्त्री भजनलाल शर्माको नेतृत्वमा राज्य सरकारका दिगो प्रयासहरूको प्रतिफल बताएकी छन्।

उपमुख्यमन्त्री दिया कुमारीले भनिन्, यो भारतको लागि गौरवको क्षण हो। प्रधानमन्त्री नरेन्द्र मोदीजीको पर्यटनलाई वैश्विक स्तरमा स्थापना गर्ने सोच, ‘डबल इञ्जीनको सरकार’- को नीति, औ राजस्थान सरकारले गरिरहेको निरन्तर प्रयासको परिणामस्वरूप आज जयपुर जस्तो सांस्कृतिक एवं ऐतिहासिक शहरलाई विश्वमा यस्तो सम्मान प्राप्त भएको छ।

उनले पर्यटन विभागको कार्यशैलीको सराहना गर्दै भनिन्, राज्य सरकारद्वारा पर्यटन पूर्वाधार, संस्कृति संरक्षण औ आधुनिक सुविधाहरूको विकासको लागि योजनाहरू संचालन गरिँदैछ जसबाट राजस्थानलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान प्राप्त भइरहेको छ।

उपमुख्यमन्त्री दिया कुमारीले यस गौरवशाली उपलब्धिको लागि प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिँदै भनिन्, यो सम्मान ती हरेक व्यक्तिको मिहेनतको फल हो जसले राजस्थानको सांस्कृतिक विरासत, अतिथि सत्कार एवं परम्परालाई विश्वसामु गर्वले प्रस्तुत गर्दछ। उनले आशा व्यक्त गरिन्, आगामी दिनमा राजस्थान र जयपुरले विश्व मानचित्रमा अझ उच्च शिखरलाई चुम्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande