न्यायमूर्ति आशुतोष कुमारले गौहाटी उच्च अदालतका मुख्य न्यायाधीशको रूपमा शपथ लिए
न्यायमूर्ति आशुतोष कुमारले गौहाटी उच्च अदालतका मुख्य न्यायाधीशको रूपमा शपथ लिए


गुवाहाटी, 21 जुलाई (हि.स.)। न्यायमूर्ति आशुतोष कुमारले सोमवार गौहाटी उच्च न्यायालयका मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गरे। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गुवाहाटीको पांजाबारीस्थित शंकरदेव कलाक्षेत्रमा आयोजित एक कार्यक्रमबीच न्यायमूर्ति आशुतोष कुमारलाई पद अनि गोपनीयताको शपथ दिलाए।

न्यायमूर्ति कुमारले यसपूर्व पटना उच्च न्यायालय अनि दिल्ली उच्च न्यायालयमा न्यायाधीशको रूपमा कार्य गरिरहेका छन्।

असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा सहित अन्य मानिसहरू शपथ ग्रहण समारोहमा सामेल भए। मुख्यमन्त्रीले पछि सोशल मीडियामा पोस्ट गरे, न्यायमूर्ति आशुतोष कुमारको शपथ ग्रहण समारोहमा शामिल भएँ जसले गौहाटी उच्च न्यायालयका मुख्य न्यायाधीशको रूपमा शपथ लिएका छन्। उनको कार्यकालको लागि मेरो शुभकामना।

उल्लेखनीय छ, न्यायमूर्ति कुमारले पटनाको सेन्ट माइकल हाई स्कूलबाट आफ्नो स्कूली शिक्षा पूरा गरेपछि दिल्ली विश्वविद्यालयको सेन्ट स्टीफन्स कलेजबाट स्नातक गरे। उनले दिल्ली विश्वविद्यालयको क्याम्पस ल सेन्टरबाट एलएलबीको डिग्री हासिल गरेपछि 9 जुलाई, 1991-मा पटना उच्च न्यायालयमा अधिवक्ताको रूपमा नामांकन गराए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande