कोलकाता, 21 जुलाई (हि.स.)। शहीद दिवसको अवसरमा ट्राफिक व्यवस्थाको निम्ति कोलकाता पुलिसको कार्यशैलीको सराहना गर्दै कलकत्ता उच्च अदालतका न्यायमूर्ति तिर्थंकर घोषले अदालतमा खुल्ला हृदयले प्रशंसा गरे। उनले भने, आज भीड़ थुप्रिएको दिन कोलकाता पुलिसले जसरी सही अनि अनुशासित ढंगमा ट्राफिकलाई नियन्त्रण गऱ्यो त्यो प्रशंसनीय छ।
उल्लेखनीय छ, यस वर्ष 21 जुलाईमा आयोजित तृणमूल कंग्रेसको शहीद दिवस ऱ्यालीलाई लिएर हाई कोर्टले पहिला नै कड़ा निर्देश अनि प्रतिबन्ध लागू गरेको थियो जसले गर्दा धर्मतला र हाई कोर्ट परिसर जस्तो संवेदनशील क्षेत्रहरूमा पहिलाको जस्तोभीड़ एकत्र भएको देखिएन।
तथापि यस दिनलाई मध्यनजर गर्दै सड़कहरूमा सामान्यभन्द थोरै नै बस चल्यो। शहरभरि नै ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरियो। कोलकाता पुलिसको ट्राफिक विभागद्वारा लगभग पाँच हजार अतिरिक्त जवानहरूलाई तैनाथ गरिएको थियो।
जनतालाई असुविधादेखि बचाउनको लागि पुलिसले ट्राफिक सम्बन्धित कुनै पनि समस्याको जानकारीको लागि टोल-फ्री हेल्पलाइन नम्बर 1073 सहित दुईवटा अन्य मोबाइल नम्बर – 9830811111 र 9830010000 पनि जारी गऱ्यो।ताकि यी नम्बरहरूको माध्यमबाट नागरिकहरूले तत्काल सहायता प्राप्त गर्न सकोस्।
न्यायमूर्ति तिर्थंकर घोषले यस होशियारी अनि कुशल प्रबन्धनको लागि कोलकाता पुलिसलाई न्यायालयबाटै बधाई दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा