कछार (असम), 21 जुलाई (हि.स.)। संदिग्ध सुनका बिस्कुटहरूको तस्करीसित सम्बन्धित एक विश्वसनीय सूचनाको आधारमा कछार जिल्ला मुख्यालय शहर सिलचर पुलिस स्टेशनको टीमले गए राती अभियान संचालन गऱ्यो। अभियानको क्रममा पुलिस टीमले रामनगर बाइपास नजिकैबाट लगभग 439 ग्राम वजन भएको तीन वटा संदिग्ध सुनका बिस्कुटहरू जफ्त गऱ्यो जसको मूल्य 45 लाख रुपियाँभन्दा अधिक रहेको बताइएको छ।
जिल्ला पुलिस अधिकारी नोमल मोहत्ताले आज बताए, संदिग्ध सुनका बिस्कुटहरू सहित मणिपुरको चुराचाँदपुर जिल्ला निवासी खमनेउ मुनलुआ (32)- लाई पक्राउ गरिएको छ। पुलिसले स्वतन्त्र गवाहको उपस्थितिमा सुनका बिस्कुटहरूलाई जफ्त गऱ्यो। भनिन्छ, संदिग्ध सुनका बिस्कुटहरूलाई मणिपुरबाट ल्याइएको थियो जसलाई आईएसबीटी, सिलचर नजिक पुऱ्याउनुथ्यो। अग्रिम कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा